थ्रीस्टार बिजयी

थ्रीस्टार बिजयी

काठमाडौंः एएफसी कप प्ले अफ छनोट फुटबलमा रुस्लान थ्रीस्टार क्लबले सुखद सुरुआत गरेको छ । मंगोलियामा आइतबारदेखि सुरु भएको समूह ‘बी’ को पहिलो खेलमा थ्रीस्टारले घरेलु टोली इर्चिम फुटबल क्लबलाई २-० गोलले हरायो ।

इर्चिमविरुद्ध सशक्त प्रदर्शन गरेको थ्रीस्टारले खेलको १३ औं मिनेटमा खाता खोलेको थियो । थ्रीस्टारका लागि पहिलो गोल अफ्रिकी खेलाडी मार्टिन्सले गरेका थिए । इर्चिमका गोलरक्षकको हातबाट फुत्किएको बललाई मार्टिन्सले पोस्ट छेउबाट गोल गरेका थिए ।

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा थप सुधारिएको खेल खेलेको थियो । थ्रीस्टारका लागि दोस्रो गोल कप्तान विक्रम लामाले गरेका थिए । विक्रमले ७६ औं मिनेटमा गोल थप्दै थ्रीस्टारको जित पक्का बनाएका थिए ।

युवा खेलाडीको साथ पाएको थ्रीस्टारले खेलभर घरेलु टोलीविरुद्ध आकर्षक खेल खेलेको थियो । एक महिनाअघि मात्र नयाँ टोली बनाएको थ्रीस्टारमा अहिले राष्ट्रिय टोलीका सात खेलाडी छन् । यसैगरी मंगोलियाको लिग च्याम्पियन इर्चिममा पनि राष्ट्रिय टोलीका १० खेलाडी समावेश थिए ।

इर्चिमसँगको जितसँगै थ्रीस्टारले अघिल्लो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । समूहको दोस्रो खेलमा थ्रीस्टारले मंगलबार कम्बोडियाको लिग च्याम्पियन नागावोर्लड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टारले नागावोर्लडलाई हराएमा वा बराबरीमा मात्र रोके पनि छनोट हुनेछ । थ्रीस्टारले राष्ट्रिय लिग विजेताको हैसियतमा एएफसी कप प्लेअफ छनोट खेल खेल्न पाएको हो । एएफसी कप प्लेअफ छनोट फुटबलमा एसियाका नौ टोलीले भाग लिएका छन् ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको उत्कृष्ट टोली अर्को चरणमा प्रवेश गर्नेछ । एएफसी कपको प्ले अफ खेल्ने थ्रीस्टार नेपालको पहिलो टोली हो । यसअघि लिग विजेताका रूपमा थ्रीस्टार दुईपटक एएफसी प्रेसिडेन्ट कपमा सहभागी बन्दै अन्तिम चरणमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.