जेडटीई नकआउट चरणमा
काठमाडौंः जेडटीई टोली राजधानीमा जारी एम एन्ड एम रेमिट यूआईसी कप कर्पारेट इन्डोर क्रिकेट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । जेडटीईले आइतबार भएको खेलमा प्वाइन्ट क्लिक केयर (पीसीसी) लाई ५७ रनले पराजित गरी अघिल्लो चरण पुगेको हो ।
पहिला ब्याटिङ गरेको जेडटीईले एक सय ४१ रन बनाएको थियो । पीसीसीले ८४ रनमात्र जोड्न सक्यो । जेडटीईका उज्ज्वल रेग्मी प्लेयर अफ दी म्याच घोषित भए ।
अन्य खेलमा भीआईटीले दोहोरो जित हात पार्यो भने युवी होम, वल्र्ड लिंक र एनआईसी एसिया पनि एकएक खेलमा विजयी भए । भीआईटीले मेगा बैंकलाई ६१ रन र डब्लूडब्लूएफलाई ७३ रनले हरायो ।
भीआईटीले मेगालाई ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मेगा भने ३७ रनमा सीमित भयो । १९ रन बनाउनुका साथै तीन विकेटसमेत लिएका भीआईटीका शरद ओझा प्लेयर अफ दी म्याच घोषित भए ।
भीआईटीले अर्को खेलमा डब्लूडब्लूएफलाई एक सय ११ रनको लक्ष्य दिएको थियो । डब्लूडब्लूएफले ३७ रनमात्र बनाउन सक्यो । उक्त खेलमा अर्जुन अर्याल प्लेयर अफ दी म्याच घोषित भए । वल्र्ड लिंकले पीसीसीलाई ८८ रनले हरायो । पहिला ब्याटिङ गरेको वल्र्ड लिंकले एक सय ५१ रन बनाएको थियो । पीसीसीले ६३ रनमात्र बनाउन सक्यो । उक्त खेलमा १९ रन बनाएका शिवु बुढाथोकी प्लेयर अफ दी म्याच घोषित भए ।
यसैगरी आईटोनिक्सविरुद्धको खेलमा एनआईसी एसिया ४० रनले विजयी भयो । एनआईसी एसियाले एक सय एक रनको लक्ष्य प्रस्तुत गरेको थियो । आईटोनिक्सले ६० रनमात्र बनाउन सक्यो ।
२१ रन बनाउनुका साथै एक विकेट लिएका सुरेश उप्रेती प्लेयर अफ दी म्याच घोषित भए । सिटिजन्स बैंक र सेन्चुरी बैंक पनि नकआउट चरण पुगिसकेका छन् । युवी होमले भने अन्नपूर्ण पोस्ट्लाई ३४ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको अन्नपूर्ण पोस्ट्ले ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको युवी होमले ९८ रन जोड्यो । उक्त खेलमा युवी होमका अभिषेक सारिया म्यान अफ दि म्याच घोषित । अलराउन्ड प्रदर्शन गरेको अभिषेकले १९ रन बनाए भने दुई विकेट पनि लिएका थिए ।