जेडटीई नकआउट चरणमा 

जेडटीई नकआउट चरणमा 

काठमाडौंः जेडटीई टोली राजधानीमा जारी एम एन्ड एम रेमिट यूआईसी कप कर्पारेट इन्डोर क्रिकेट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । जेडटीईले आइतबार भएको खेलमा प्वाइन्ट क्लिक केयर (पीसीसी) लाई ५७ रनले पराजित गरी अघिल्लो चरण पुगेको हो ।

पहिला ब्याटिङ गरेको जेडटीईले एक सय ४१ रन बनाएको थियो । पीसीसीले ८४ रनमात्र जोड्न सक्यो । जेडटीईका उज्ज्वल रेग्मी प्लेयर अफ दी म्याच घोषित भए ।

अन्य खेलमा भीआईटीले दोहोरो जित हात पार्‍यो भने युवी होम, वल्र्ड लिंक र एनआईसी एसिया पनि एकएक खेलमा विजयी भए । भीआईटीले मेगा बैंकलाई ६१ रन र डब्लूडब्लूएफलाई ७३ रनले हरायो ।

भीआईटीले मेगालाई ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मेगा भने ३७ रनमा सीमित भयो । १९ रन बनाउनुका साथै तीन विकेटसमेत लिएका भीआईटीका शरद ओझा प्लेयर अफ दी म्याच घोषित भए ।

भीआईटीले अर्को खेलमा डब्लूडब्लूएफलाई एक सय ११ रनको लक्ष्य दिएको थियो । डब्लूडब्लूएफले ३७ रनमात्र बनाउन सक्यो । उक्त खेलमा अर्जुन अर्याल प्लेयर अफ दी म्याच घोषित भए । वल्र्ड लिंकले पीसीसीलाई ८८ रनले हरायो । पहिला ब्याटिङ गरेको वल्र्ड लिंकले एक सय ५१ रन बनाएको थियो । पीसीसीले ६३ रनमात्र बनाउन सक्यो । उक्त खेलमा १९ रन बनाएका शिवु बुढाथोकी प्लेयर अफ दी म्याच घोषित भए ।

यसैगरी आईटोनिक्सविरुद्धको खेलमा एनआईसी एसिया ४० रनले विजयी भयो । एनआईसी एसियाले एक सय एक रनको लक्ष्य प्रस्तुत गरेको थियो । आईटोनिक्सले ६० रनमात्र बनाउन सक्यो ।

२१ रन बनाउनुका साथै एक विकेट लिएका सुरेश उप्रेती प्लेयर अफ दी म्याच घोषित भए । सिटिजन्स बैंक र सेन्चुरी बैंक पनि नकआउट चरण पुगिसकेका छन् । युवी होमले भने अन्नपूर्ण पोस्ट्लाई ३४ रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको अन्नपूर्ण पोस्ट्ले ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको युवी होमले ९८ रन जोड्यो । उक्त खेलमा युवी होमका अभिषेक सारिया म्यान अफ दि म्याच घोषित । अलराउन्ड प्रदर्शन गरेको अभिषेकले १९ रन बनाए भने दुई विकेट पनि लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.