जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

भीमदत्तनगर:  पूर्व–पश्चिम महेन्द्र राजमार्गको कञ्चनपुरको झलारी–वाणीखण्डमा महिलामाथि राजमार्गमै महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार बिहान राजमार्गको वनहरा पुल नजिकै रहेको भेटघाट शिविरकी एक विवाहित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउँमै रहेको जङ्गलमा बलात्कार गर्न खोज्ने कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ का २७ वर्षीय अम्मर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावल विष्टले महिलालाई राजमार्गबाट लछारपछार गर्दै जङ्गलमा लगेर जबर्जस्ती करणी गर्न खोजेको बताए। 'जङ्गलमा लगेर जबर्जस्ती गर्न खोज्दा महिला चिच्याएर भाग्न सफल भइन्,'प्रहरी निरीक्षक रावलले भने,' भाग्ने क्रममा महिलालाई सामान्य चोटपटकसमेत लागेको छ।'

प्रहरी नियन्त्रणमा रहेका युवक विष्टले आफूले मादक पदार्थको नशामा जबर्जस्ती करणी गर्न खोजेको स्वीकार गरेको प्रहरीले जनाएको छ। शिविरमा आश्रय लिँदै आएकी महिला दाउरा बेचेर गुजारा गर्दै आएकी छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.