साझा पेट्रोल पम्प पनि उपभोक्ता ठग्दै

साझा पेट्रोल पम्प पनि उपभोक्ता ठग्दै

काठमाडौंः अर्धसरकारी स्वामित्वको साझा पेट्रोल पम्पले पनि कम परिमाणमा इन्धन उपलब्ध गराएर उपभोक्तालाई ठग्दै आएको छ । आपूर्ति मन्त्रालयको संयुक्त अनुगमन टोलीले सोमबार राजधानीमा गरेको अनुगमनको क्रममा ललितपुरको पुलचौंकस्थित साझा पेट्रोल पम्पले उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गर्दैआएको फेला परेको छ ।

‘मापदण्डभन्दा कम परिमाणमा उपभोक्तालाई डिजेल बिक्री गरेको अनुगमनको क्रममा पाइयो’, मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने । उनका अनुसार कम परिमाणमा डिजेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको अभियोगमा पम्पमा सिलबन्दी गरी सञ्चालनमा रोक लगाइएको छ ।

अनुगमन टोलीले कम परिमाणमा डिजेल उपलब्ध गराउने निजी क्षेत्रको कुमारीपाटीस्थित महायान पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । यसैगरी सरकारी निकायमा दर्ता नगरी सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै मन्त्रालयको टोलीले भक्तपुरको चार क्लिनिकमा सिलबन्दी गरी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरमा दर्ता नभएको भन्दै मन्त्रालयको टोलीले गठ्ठाघरस्थित एसएस क्लिनिक, सम्झना ल्यावरोटरी क्लिनिक, गठ्ठाघर अल्ट्रा साउन्ड क्लिनिक र सूर्य विनायकस्थित अरिनी हाइवे पोलिक्लिनिकमा सिलबन्दी गरी सञ्चालनमा रोक लगाएको हो ।

टोलीले गठ्ठाघरस्थित एसएस मेडिकल स्टोरबाट फ्लुकर्ट क्रिम भन्ने औषधिको मूल्य ७० रुपैयाँ भारु भए पनि पसल सञ्चालकले एक सय २५ रुपैयाँ लिइएको पाइएको प्रवक्ता रेग्मीले बताए । उनका अनुसार माछापोखरीस्थित काजी केसी तरकारी पसलबाट सडेको अवस्थामा फेला परेको साढे पाँच किलो बोडी नष्ट गरिएको थियो । यस्तै ललितपुरस्थित भेराइटी कोल्ड स्टोरबाट खान अयोग्य मानिएको अवस्थामा ७८ किलो कुखुरा र खसीको मासुसमेत बरामद गरी नष्ट गरेको छ ।

तरकारीमा विषादी अत्यधिकयसैबीच कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयको टोलीले बल्खुस्थित तरकारी बजारबाट सोमबार नै ५५ किलो करेला नष्ट गरेको छ । काभ्रेको पाँचखालबाट भिœयाइएको करेलामा विषादीको अवशेष ९३ प्रतिशतभन्दा बढी भेटिएकाले नष्ट गरिएको निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले जानकारी दिए ।

उनका अनुसार गीता कार्की भन्ने व्यवसायीले करेला पाँचखालबाट भिœयाएकी थिइन् । निर्देशनालयले बल्खु तरकारी बजारमा आगामी सात दिनसम्म तरकारीमा हालिएको विषादीको बारेमा परीक्षण गर्नेछ । त्यसपछि राजधानीका अन्य तरकारीबजारमा पनि सात/सात दिनसम्म निर्देशनालयको टोली परिचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.