कोमात्सुका तीन नयाँ एस्काभेटर नेपालमा

कोमात्सुका तीन नयाँ एस्काभेटर नेपालमा

काठमाडौंः कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ एस्काभेटर बजारमा ल्याएको छ ।

कम्पनीले पीसी २१०-८ एमओ, पीसी १३०–७ र पीसी ३००–७ मोडल तथा ताररहित अनुगमन प्रणाली ‘कोमट्रयाक्स’ सार्वजनिक गरेको हो । कम्पनीले निर्माण तथा युटिलिटी साइज्ड कोमात्सु मेसिनका लागि अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको कोमट्रयाक्स सार्वजनिक गरेको छ ।

कोमट्रयाक्सले मेसिन रहेको स्थान, कार्य अनुगमन, सुरक्षा तथा उपकरणको प्रदर्शनीका बारेमा कम्प्युटर र मोबाइलमा प्रत्यक्ष जानकारी प्रस्तुत गरी उपकरण व्यवस्थापन सहज बनाउने कम्पनीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

तीनवटै उपकरणमा कोमट्रयाक्स प्रणाली रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी एस्काभेटर कम्पनीका पाचौं पुस्ताको पीसी सिरिज हुन् । पीसी २१०–८ एमएओ पीसी २०० सिरिजको परिस्कृत भर्जन हो ।

यसले अत्यधिक शक्ति उत्पन्न गर्नुका साथै उत्कृष्ट कार्य दक्षता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । पछिल्लो संस्करण पीसी २००–८ का तुलनामा परिस्कृत भर्जनले इन्धन खपतमा सात प्रतिशतले कमी ल्याउने कम्पनीको दाबी छ । यसमा ठूलो फ्युल फिल्टर साइजका साथै फ्युल इन्जेक्टरको सुरक्षाका लागि अतिरिक्त फ्युल फिल्टर पनि उपलब्ध छ ।

पीसी १३०-७कोमात्सुको लोकप्रिय ड्यास सेवेन भर्जनमा थपिएको नयाँ मोडल हो । साँघुरा क्षेत्रफल भएका स्थान, टनेल्सलगायत साना योजनामा कार्यका लागि यो उपकरण विशेष उपयोगी हुन्छ । सहरी क्षेत्र तथा इँटा उद्योगमा कार्यका लागि यो उपयुक्त हुने कम्पनीले जनाएको छ ।

पीसी ३००-७ चौंतीस टनको मेसिन हो । यो पत्थर उत्खनन, खानी तथा अन्य हेभी ड्युटी योजनाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

नेपालका प्रमुख निर्माण, खानी, सडक, सिमेन्ट उद्योग, इँटा उद्योग र घरजग्गा क्षेत्रमा कोमात्सुका उपकरण प्रयोग भइरहेका छन् । कोमात्सुका एस्काभेटर, डोजर, लोडर, मोटर ग्रेडर्स र ब्याकहो लोडर ठेकेदार तथा प्रयोगकर्ता माझ पहिलो रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.