नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइ पक्राउ

नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइ पक्राउ

काठमाडौँ: दुई रोपनी ११ आना बढी जग्गा आफ्नो नाममा बनाउन नक्कली छोरा बनेर ठगी गरेको अभियोगमा फरार रहेका दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ बजारका मोहम्मद अनवर र उनका भाइ खुशीबु टाउन प्लानिङ बस्ने मोहम्मद बसिम छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रले वादी नेपाल सरकार प्रतिवादी अनवर र बसिमविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले गत माघ चार गते एक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

उक्त कैद तथा जरीवाना वेरुजु भई फरार रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले सोमबार नयााबजारबाट पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार अनवर र बसिमले बज्यु दिवर अमिला विबीको नाममा श्रेस्ता काम भएको साङ्ला गाविस वडा नम्बर नौ (ग) को कित्ता नम्बर एक सय १९को क्षेत्रफला २-११-३ जग्गा आफ्नो नाममा पार्न रगतको साईनो नभएकी बिवीलाई आमा मानेका थिए ।

उनीहरुले विबीको शेषपछि हकदार हामी हौँ भन्दै बिबि र दिवर बज्यु नाममा दुई फरक व्यक्ति एउटै हुन् भनेर झुठा व्यहोराका नक्कली मृत्यु दर्ता समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले मृत्यु दर्ता मात्रै नगरेर नाता प्रमाणितका कागज बनाएर जाल परिपञ्च गरी २०६३ मंसिरमा उक्त जग्गा आफ्नो नाममा नामासारी गराएर चार लाख ७० हजारमा बिक्री गरी आधाआधा रकम बाँडेर खाएका थिए । उक्त व्यहोराको उजुरी आयोगमा परेपछि अदालतमा उनीहरुविरुद्ध ठगीमा मुद्दा चलेको थियो ।

ब्यूरोले पक्राउ परेका दुवैलाई काठमाडौं जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.