एमालेले तोक्यो सात प्रदेशका संयोजक र सहसंयोजक

 एमालेले तोक्यो सात प्रदेशका संयोजक र सहसंयोजक

काठमाडौंः नेकपा एमालेले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थायी समितिको बैठकले नेताको बाँडफाँड गर्दै सात प्रदेशको संयोजक र सहसंयोजक तोकेको हो। बैठकले सातै प्रदेशको संयोजक तोकेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार सचिव भीम आचार्यलाई प्रदेश नम्बर १ को संयोजकको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्य शेरधन राईलाई उक्त प्रदेशको उपसंयोजक तोकिएको छ।

यस्तै सत्यनाराण मण्डलले प्रदेश नम्बर २ को संयोजकको जिम्मेवारी पाएका छन् भने उपसंयोजकमा नागेन्द्र चौधरी रहेका छन्। प्रदेश नम्बर ३ को संयोजकको जिम्मेवारी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले पाइन् भने उपसंयोजकमा  काशिनाथ अधिकारी रहेका छन्।
यसैगरीऽ किरण गुरुङलाई प्रदेश नम्बर ४ को संयोजक तोकिएको छ भने सहसंयोजकमा गणेश तिम्सिना रहेका छन्। प्रदेश नम्बर ५ को संयोजक उपमहासचिव समेत रहेका विष्णु पौडेल छन् भने दलबहादुर रानाले सहसंयोजकको जिम्मेवारी पाएका छन्।

प्रदेश न्म्बर ६ को संयोजकको जिम्मेवारी उपाध्यक्ष युवराज ज्ञवालीलाई दिएको छ भने सहसंयोजकको जिम्मेवारी यमलाल कँडेलले पाएका छन्।

प्रदेश नम्बर ७ को संयोजकको जिम्मेवारी भने उपाध्यक्ष भीमबहादुर रावललाई दिएको छ। उक्त प्रदेशको सहसंयोजको जिम्मेवारी भने कर्ण थापालाई दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.