विश्वकप क्रिकेटका लागि महिला खेलाडीको छनोट
काठमाडौँ: आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि आज ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा परिषदले पहिलो चरणमा ३८ खेलाडीको छनोट गरेको हो।
राष्ट्रिय छनोट प्रतियोगिताअघि जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म भएको थियो । छनोट हुने खेलाडीमा रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मी शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, सङ्गीता राई र शोभा आले छन् ।
त्यसैगरी, रचना अर्याल, सीता श्रेष्ठ, शारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, ईन्दु बर्मा, वर्षा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा तथा गीता गोसाईं छिन् ।
तृष्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता रानामगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी प्रारम्भिक छनोटमा पर्न सफल भए । उक्त छनोट प्रतियोगिता आगामी असोज २३ देखि २९ गतेसम्म हङकङमा हुँदैछ ।
थ्रीस्टारले बराबरी खेल्यो, दोस्रो चरणमा जान अरुको नतिजा कुर्नुपर्ने
मङ्गोलयामा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले कम्बोडियाको नागावल्र्ड क्लबसँग १÷१ गोलको बराबरी खेलेको छ ।
मङ्गोलियाको उलानबटारस्थित मङ्गोलियन फुटबल फेडेरेसनको मैदानमा सम्पन्न खेलमा नागावल्र्डले २८ औँ मिनेटमा अग्रता लिएको थियो । तर खेलको ८५ औँ मिनेटमा थ्रीस्टारले बराबरी गोल गर्न सफल भयो । थ्रीस्टारका लागि मार्टिनले गोल गरेका हुन् । थ्रीस्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै इर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै छनोटको सम्भावना बलियो बनाएको थियो तर आजको बराबरीले दोस्रो चरणमा जानका लागि उसले अब नागावल्र्ड र इर्चिमको नतिजा कुर्नुपर्ने भएको छ । समूह बी मा रहेको थ्रीस्टारको ४ अङ्क छ ।
तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछ ।