मन्त्री छान्न बुढानिलकण्ठमा देउवा र पौडेलबीच विशेष वार्ता

मन्त्री छान्न बुढानिलकण्ठमा देउवा र पौडेलबीच  विशेष वार्ता

काठमाडौं : सरकारमा जाने मन्त्रीहरुको नामलाई अन्तिम रुप दिन कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देउवा निवास बुढानिलकण्ठमा बुधबार बेलुका विशेष वार्ता चलिरहेको छ ।

आजै मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने गरी देउवा बुधबार बिहानदेखि आन्तरिक छलफल र परामर्शमा जुटेका हुन् । मन्त्रालय र मन्त्रीहरुको भागबन्डाका लागि दिनभर छलफल भए पनि सहमति हुन नसकेपछि पौडेल पक्षले सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो ।

सहमतिबाटै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने पहल स्वरुप देउवाले छलफलका लागि रामचन्द्रलाई बेलुका बुढानिलकण्ठमा बोलाएका हुन् । पौडेल पक्षले पाँच मन्त्री र केही राज्यमन्त्रीसमेत पाउनुपर्ने माग राखे पनि विवाद झन् थपिएको छ ।

कांग्रेसले पाएको १३ मन्त्रालयमध्ये गृह तथा उपप्रधानमा विमलेन्द्र निधि र भौतिक योजना तथा निर्माणमा रमेश लेखकलाई यसअघि नै पठाइसकेको छ । बाँकी मन्त्रालयको भागबन्डा नमिल्दा झन्डै दुई सातादेखि मन्त्रिपरिषद् अपुरो छ ।

दुवै पक्षबाट मन्त्री बन्ने धेरैको नाममा टुंगो लागे पनि केहीको हकमा भने निर्णय हुन बाँकी छ भने मन्त्रालयको भागबन्डामा पनि विवाद छ। देउवा पक्षबाट शिक्षामा अर्जुननरसिंह केसी, रक्षामा बालकृष्ण खाण, परराष्ट्रमा प्रकाशशरण महत, पर्यटनमा जीवन शाहीको नाम लगभग निश्चित भइसकेको छ । तर केशवकुमार बुढाथोकी, फरमुल्ला मन्सुर र मिन विश्वकर्मामध्येबाट एकजना छान्न्न बाँकी छ। यसमा निर्णय भएको छैन ।

त्यसैगरी पौडेल पक्षबाट श्रममा दीपक गिरी र  बनमा सितादेवी यादवको नाममा लगभग सहमति भइसकेको छ । बलबहादुर केसी, नविन्द्रराज जोशी, आनन्द ढुंगाना र रोमी गौचन थकालीमध्ये दुईजनालाई छान्नुपर्ने भए पनि अझै निर्णय भइसकेको छैन।

कृष्णप्रसाद सिटौला पक्षबाट गगन थापा र भीमसेनदास प्रधानमध्ये एकजना मन्त्रिपरिषद्मा जानेछन् । गगनको संभावना बढी छ । त्यसैगरी खुमबहादुर खड्काको सिफारिसमा मोहन बस्नेत, शंकर भण्डारीमध्ये एकजना मन्त्रिमण्डलमा पर्नेछन् । मोहनको संभावना बढी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.