दाहालले बाह्य हस्तक्षेप निम्त्याएः एमाले

दाहालले बाह्य हस्तक्षेप निम्त्याएः एमाले

काठमाडौंः संविधान संशोधनलगायत मुलुकको आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको भन्ने अड्कलबाजी भइरहँदा त्यसबारे स्पष्ट पार्न प्रमुख प्रतिपक्षी एमालेले आग्रह गरेको छ ।

‘यस्तो कार्यले हाम्रो स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्‍याएको छ र आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रुटिपूर्ण कार्य भएको छ’, स्थायी समिति बैठकपछि एमालेले जारी गरेको प्रेसविज्ञप्तिमा उल्लेख छ ।

मंगलबार सकिएको एमाले स्थायी समिति बैठकले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न मागसमेत गरेको छ । नेपालको भविष्य नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पु¥याउने कुनै किसिमका काम नगर्नसमेत एमालेले सरकारलाई सचेत गराएको छ ।

एमाले स्थायी समिति बैठकबारे बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकारसम्मेलनमा महासचिव ईश्वर पोखरेलले सरकारले छिमेकीसँग सन्तुलित सम्बन्ध बिगारेको र नेपालीको शिर झुक्ने काम गरेको आरोपसमेत लगाए ।

‘संविधान एउटा गतिशील दस्ताबेज हो र यसलाई समयसापेक्ष बनाइरहनुपर्छ । तर अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ’, एमालेले भनेको छ, ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ ।’

कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानुन संशोधन हुन नसक्ने उल्लेख गर्दै एमालेले त्यस्तो चासोले समस्या बल्झाउने र नयाँनयाँ समस्या उत्पन्न गर्ने बताएको छ । ‘त्यस विषयमा देशभित्र कुनै छलफल नै नभएर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक छ’, एमालेले भनेको छ ।

नयाँ सरकार बनेपछि संविधान कार्यान्वयनलाई धरापमा पारेर मुलुकलाई अनिश्चय, अस्थिरता र संवैधानिक रिक्तताको डरलाग्दो खाडलतिर लैजाने कोसिस भइरहेको आरोप पनि एमालेले लगाएको छ ।

त्यसका लागि राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउने खेल सुरु भएको र हुँदै नभएको समस्या खडा गरेर त्यसकै भरमा मुलुकलाई अप्ठेरो पार्ने कामले समस्या समाधान गर्ने होइन, थप समस्या खडा गर्ने एमालेले उल्लेख गरेको छ ।

‘छिमेकी मुलुकहरूसँग कायम भएको सन्तुलित सम्बन्धलाई पुनः असन्तुलित बनाउने, जागेको स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन् भन्ने छाप पारेर मुलुकको शिर निहुरिने अवस्था सिर्जना गर्ने गतिविधि बढेका छन् । पार्टी यस्ता क्रियाकलापको दृढतापूर्वक विरोध गर्दै आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्नेमा स्पष्ट छ’, पत्रकारसम्मेलनमा महासचिव पोखरेलले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.