सिम्रिक एयरलाइन्सको उडान अनुमति नवीकरण

सिम्रिक एयरलाइन्सको उडान अनुमति नवीकरण

काठमाडौः वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको उडान अनुमति नवीकरण भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिम्रिकको उडान अनुमति नवीकरण गर्ने निर्णय गरेपछि बुधबारै चार वर्षका लागि इजाजत नवीकरण गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

सिम्रिमको उडान अनुमति नवीकरण गर्न दिनेगरी मन्त्रिपरिषद्बाट निर्णय आएकोले सोही अनुसार बुधबार नै इजाजत नवीकरण गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण पठाएको पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राइले बताए ।

उनका अनुसार नेपालको उड्डयन नियमअनुसार मन्त्रालयबाट इजाजत र प्राधिकरणबाट उडान अनुमति लिनुपर्छ । मन्त्रालयबाट लिनुपर्ने इजाजत नवीकरण समयमा नभएको कारण प्राधिकरणले पनि उडान अनुमति नवीकरण नगर्दा सिम्रिकको सेवा नौ दिनदेखि सुचारु भएको थिएन । प्राधिकरणबाट पनि बुधबार नै उडान सञ्चालन अनुमति (एओसी) नवीकरण भएको छ ।

‘सिम्रिकले मन्त्रालयबाट इजाजत नवीकरण गरेर ल्याएका कारण हामीले पनि आजै नवीकरण गरेका छौं’, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेले भने ।

मन्त्रालय र नियामक निकायबाट इजाजत तथा उडान अनुमति नवीकरण भएकोले बिहीबारदेखि नै उडान सुचारु हुने सिम्रिक एयरलाइन्सले जानकारी दिएको छ । सिम्रिकको उडान अनुमति मानवीय त्रुटिका कारण समयमा नै नवीकरण हुन नसक्दा नौ दिनदेखि उडान बन्द थियो ।

मन्त्रालय र प्राधिकरण दुवैबाट अनुमति लिनुपर्ने व्यवस्था छ । मन्त्रालयको इजाजत हरेक चार वर्षमा नवीकरण गर्नुपर्छ ।

सिम्रिकले आवश्यक सबै प्रक्रिया पूरा गरेर नवीकरण गरेको र बिहीबारबाट नै नियमित उडान हुने जानकारी दिएको छ । सिम्रिकले विज्ञप्ति जारी गरेर नौ दिनदेखि रोकिएको उडान बिहीबारबाटै नियमित हुने जानकारी दिएको छ ।

प्राधिकरणले पनि सिम्रिकलाई बिहीबारबाट नै उडान सुचारु गर्न कुनै बाधा नरहेको जानकारी दिएको छ । सिम्रिकका आन्तरिक उडानमा चारवटा जहाज छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.