महिन्द्राले मोजो सार्वजनिक गर्ने
![महिन्द्राले मोजो सार्वजनिक गर्ने](https://annapurnapost.prixacdn.net/media/albums/Mahindra-mojo-57be96eca83f22.82437061_JTO09hYbqq.jpg)
काठमाडौंः महिन्द्रा कम्पनीले यस वर्षको नाडा अटो सोमा महिन्द्रा मोजो तीन सय सीसी बाइक सार्वजनिक गर्ने भएको छ । यो बाइक सार्वजानिक गर्न भारतको पुनेबाट दक्ष राइडर नेपाल आउने भएका छन् ।
मोजो राइडर्स सारथ शेनोय तथा डेनियल डेरिक भारतको पुनेबाट महिन्द्रा मोजोमै काठमाडौंमा रहेको नाडा अटो सोमा आउने भएका छन् । उनीहरूको यात्रा पुनेबाट २३ अगस्त २०१६ मा सुरु भई इन्दौर, झाँसी, लखनउ, गोरखपुर, वीरगन्ज हुँदै २८ अगस्तमा १२ सय किमि दूरी तय गरी काठमाडौं आइपुग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)