सिन्धुलीमा प्रभु बैंकको शाखा
काठमाडौंः प्रभु बैंक लिमिटेडले सिन्धुली बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बुधबारबाट सञ्चालनमा ल्याएको छ । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको जनाएको छ ।
शाखा कार्यालय स्थानान्तरण भई नयाँ ठाउँमा सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकले सरल, सहज सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।