नेमारको हातमा ओलम्पिकको ट्याटु 

नेमारको हातमा ओलम्पिकको ट्याटु 

रियो दी जेनेरियोः ब्राजिलले गत आइतबार आफ्नै देशमा सम्पन्न ३१ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पुरुष फुटबलतर्फको उपाधि जित्यो ।

ब्राजिलले ओलम्पिक इतिहासमै फुटबलतर्फ स्वर्ण पदक जितेको यो पहिलो अवसर थियो । त्यो स्वर्ण पदक ब्राजिलियन जनताका लागि महŒवपूर्ण त थियो नै, त्योभन्दा पनि महŒवपूर्ण टोलीका कप्तान तथा स्ट्राइकर नेमारका लागि थियो ।

नेमारले राष्ट्रिय टोलीबाट देशलाई उपाधि दिलाएको यो नै पहिलो पटक हो । त्यसैले त्यही ऐतिहासिक सफलतालाई थप स्मरणीय बनाउन नेमारले आफ्नो हातमा ‘ट्याटु’ खोपाएका छन् । नेमारले आफ्नो बायाँ हातमा ओलम्पिकको लोगोसहितको ‘ट्याटु’ खोपाएका हुन् ।

आइतबार रियो ओलम्पिक खेलकुदको समापन समारोहअघि भएको फाइनल खेलमा नेमारकै निर्णायक पेनाल्टी प्रहारमा जर्मनीलाई ५-४ गोलले पराजित गर्दै ब्राजिलले पुरुष फुटबलको स्वर्ण पदक जितेको थियो ।

नेमारले सोही सफलतालाई आफ्नो बायाँ हातमा ‘रियो २०१६’ को ट्याटु खोपाएर थप यादगार बनाउने प्रयास गरेका हुन् । २४ वर्षीय नेमारले आफ्नो कपाललाई समेत खैरो रङमा रंग्याएका छन् ।

नेमारले बार्सिलोनाका आफ्ना सहकर्मी लियोनल मेसीले जस्तै कपाललाई खैरो रङमा रंग्याएका हुन् । हालै अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनी टोली टाइब्रेकरमा साबिक विजेता चिलीसँग पराजित भएपछि टोलीका कप्तान मेसीले आफ्नो कपाललाई खैरो बनाएका थिए ।

रियो ओलम्पिकको सफलतापछि हाल नेमार बिदामा छन् । उनी अझै केही समय ब्राजिलमै रहने छन् । उनी विश्व कप छनोट प्रतियोगिताअन्तर्गत अर्का साता हुने खेलपछि मात्र व्यावसायिक फुटबल खेल्न बार्सिलोना फर्कने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.