इटालीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २४७ पुग्यो (अपडेट)

इटालीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २४७ पुग्यो (अपडेट)

इटालीः इटालीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २४७ पुगेको छ। अझै कयौं मानिसहरु हराइरहेको विविसीले जनाएको छ।

बुधवार गएको ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परेकाहरुको उद्धारका लागि हजारौं उद्धारकर्मीहरु परिचालन गरिएको छ। भूकम्पमा पनि झन्डै ४ सय भन्दा बढी मानिसहरु घाइते भएका छन्।

भूकम्पका कारण सयौं घरहरु ध्वस्त भएका छन्। तर क्षतिको यथार्थ विवरण भने अझै आउन सकेको छैन। भूकम्पको क्षति इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा बढी क्षति पुर्याएको बताइएको छ।

इटालीमा आएको ६ दशमलब २ रेक्टर स्केलको भूकम्प सन् २००९ यताको सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् २००९ मा गएको भूकम्पमा करिब तीन सयले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.