यस्तो छ च्याम्पियन्स लिगको ड्र, बार्सिलोना र म्यानचेस्टर सिटी एउटै समूहमा
काठमाडौंः पेप ग्वार्डिवोलाको म्यानचेस्टर सिटी र बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमै भिड्ने भएका छन्।
गएराति मोनाकोमा सार्वजनिक गरिएको च्याम्पियन्स लिग फुटबलको ड्र अनुसार बार्सिलोना र म्यानचेस्टर सिटी दुवै एउटा समूह ‘सी’मा परेका छन्। ग्वार्डिवालो बार्सिलोनाका पूर्व प्रशिक्षक हुन्। बार्सिलोनामा रहँदा निकै सफल प्रशिक्षकको छवि बनाएका ग्वार्डिवोला हाल इंग्लिस क्लब म्यानेचस्टर सिटीको प्रशिक्षकको भूमिकामा छन्।
सिटीको प्रशिक्षकको भूमिकामा आएका ग्वार्डिवोलाले पूर्व क्लब बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग फुटबलको समूह चरणमै सामना गर्नेछन्। समूह सीमा बार्सिलोना र सिटीसँगै सेल्टिक र जर्मन क्लब बोरुसिया मानचाङलेबाख पनि छन्।
यस्तै समूह ‘ए’ मा पेरिस सेन्ट जर्मेन, आर्सनल, बाजन र लुडोगोरेस्ट परेका छन्। समूह ‘बी’मा बेन्फिका, नापोली, डाइनामो किच र डिनामो जाग्रेब छ।
यस्तै समूह डीमा बार्यन म्युनिख, एथ्लेटिको मड्रिड, पीएसभी र रोस्तोभ परेका छन्। गत वर्षको विजेता रियल मड्रिडले भने बोरुसिया डर्टमुन्डको सामना गर्नेछन्। समूह ‘ई’ मा रियल मड्रिड, बोरुसिया डर्टमुन्ड, स्पनेटिङ लिस्बोन र वार्साव छन्।
यस्तै इंग्लिस प्रिमियर लिग फुटबलको लिग च्याम्पियन लेष्टर सिटीले भने पोर्टोको सामना गर्ने छ। समूह ‘जी’ मा लेष्टर सिटी, पोर्टो, क्लब बर्ग र एफसी कोपनगेहन परेका छन्।