दुवै छिमेकीसँग सम्बन्ध थप सुदृढ बनाउँछुः परराष्ट्रमन्त्री महत

दुवै छिमेकीसँग सम्बन्ध थप सुदृढ बनाउँछुः परराष्ट्रमन्त्री महत

काठमाडौ: नवनियुक्त परराष्ट्र मन्त्री प्रकाशसरण महतले नेपालका दुई छिमेकी भारत र चीनबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

शुक्रबार पदभार ग्रहण गर्नेक्रममा मन्त्री महतले दुई छिमेकी मुलुकबीचमा कुनै अविश्वास भए त्यसलाई हटाएर सम्बन्ध मजबुद बनाउन आफू केन्द्रित हुने बताए ।

नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय हित प्रवर्धन गर्न भारत र चीन, अमेरिका, बेलायतलगायतका राष्ट्र  र  बहुपक्षाीय निकाय संयुक्त राष्ट्र संघसँग पनि पारस्परिक रुपमा सम्बन्ध मजबुद बताउने मन्त्री महतले बताए ।

आफ्नो कार्यकालमा विदेशमा रहेका नेपालीको हितमा काम गर्ने भन्छै महतले भने–‘विदेशमा काम गर्न गएका नेपालीको हितका क्षेत्रमा काम गर्नेछु ।’

उनले परराष्ट्र मन्त्रालयका कर्मचारीको कार्यक्षमता बढाउँदै देशको हितका लागि काम गर्नुका साथै विदेसस्थित कुटनीतिक नियोगमा रहेका कर्मचारीको पनि क्षमता अभिवृद्धि गरी राष्ट्रिय हितमा प्रयोग गर्ने बताए ।

नवनियुक्त परराष्ट्रमन्त्री महतलाई स्वागत गर्दै परराष्ट्र सचिव शंकरदास बैरागीले पराराष्ट्र मन्त्रालयले गरिरहेका कामको जानकारी गराउँदै परराष्ट्र सेवा ऐन तर्जुमाका लागि आवश्यक काम गर्नुपर्ने खाँचो रहेको बताए ।

नवनियुक्त परराष्ट्र मन्त्रीको पदभारका क्रममा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.