कांग्रेस सभापति देउवा पत्नी अारजुसहित सिंगापुर प्रस्थान
![कांग्रेस सभापति देउवा पत्नी अारजुसहित सिंगापुर प्रस्थान](https://annapurnapost.prixacdn.net/media/albums/434852-sher-bahadur-deuba-57baf4c2c47284-57c015c69ef654.66141153_ULxU2RbEyZ.jpg)
काठमाडाैं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर प्रस्थान गरेका छन्।
देउवा शुक्रबार अपरान्ह पत्नी आरजुसँगै सिंगापुरतर्फ प्रस्थान गरेका हुन्। देउवाले सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउनेछन्।
पेट दुख्ने समस्याबाट ग्रसित देउवाले यसअघि सिंगापुरमा स्वास्थ्य जाँच गराएका थिए। तीन वर्ष अघि सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्किएका देउवा कार्यव्यस्तताका कारण दुई वर्ष यता फलो अप चेकजाँचका लागि गएका थिएनन्।
ढाडको हड्डी खिइएपछि गत वैशाखमा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा हिप रिप्लेसमेन्ट गराएकी देउवा पत्नी राणाले पनि आफ्नो स्वास्थ्य जाँच गराउने छिन्।
सभापति देउवा भदौ १६ गते स्वदेश फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)