त्रिशूली नदीमा ट्रक खस्यो, सातजना घाइते

त्रिशूली नदीमा ट्रक खस्यो, सातजना घाइते

चितवनः  त्रिशूली नदीमा ट्रक खस्दा सातजना घाइते भएका छन्। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट शुक्रवार बिहान त्रिशूली नदीमा ना ३ ख ४५५६ नम्बरको ट्रक खसेको हो।

ट्रकमा सवार तीन बालबालिका, दुई महिला र दुई पुरुषको प्रहरीले तत्काल उद्धार गरेको थियो। उनीहरुको चितवनस्थित अस्पतालमा उपचार भइरहेको छ।

मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको सो ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

ट्रकका चालक र सहचालक पनि घाइते भएका छन्। उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.