स्वाइन फ्लूबाट ब्राजिलमा १७ सय ५५ को मृत्यु
रियो दी जेनेरो: ब्राजिलमा स्वाइन फ्लूका कारण १७ सय ५५ जनाको ज्यान गएको छ।
गएको जनवरी १ बाट अगस्ट १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच१एन१ को सङ्क्रमणबाट अहिलेसम्म एक हजार ७७५ व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार स्वाइन फ्लू रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो।
विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा दुर्इ हजार व्यक्तिको मृत्यु भएको थियो। रासस/सिन्ह्वा