शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग

शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग

काठमाडौंः चितवन उद्योग संघका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी चितवनको शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग गरेका छन्।

शनिबार दिउँसो कृष्णप्रसाद अधिकारीको नेतृत्वमा आएको संघको प्रतिनिधि मण्डलले चितवनको शक्तिखोरस्थित साढे दुई हजार बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापनाको निर्णय गर्न तथा चितवनमा औद्योगिक प्रदर्शनी आयोजनामा सहयोग गर्न प्रधानमन्त्रीसँग माग गरेको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले चिवतनलाई ‘औद्योगिक नगरी’ बनाउने कुरा रणनीतिक महत्वको विषय भएको बताए।

प्रधानमन्त्रीले भने,‘चितवन औद्योगिक नगरी बनाउने प्रस्ताव धेरै रणनीतिक महत्वको कुरा हो। यसमा आवश्यक पहल गर्छु। प्रदर्शनी केन्द्रका लागि सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.