सरकारी तहबाटै समाधान खोजिदिन पूर्वगोर्खा सैनिकको प्रधानमन्त्रीलाई आग्रह

सरकारी तहबाटै समाधान खोजिदिन पूर्वगोर्खा सैनिकको प्रधानमन्त्रीलाई आग्रह

काठमाडाैं: बेलायती सेनाका पूर्व गोर्खा सैनिकको टोलीले बेलायत सरकारसँग वार्ता गरी समस्या समाधानमा पहल गरी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।

प्रधानमन्त्री प्रचण्डसँग शनिवार भएको भेटमा पूर्व गोर्खा सैनिकको टोलीले आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

टोलीले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै बार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको थियो।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले गोर्खा सैनिकका मागहरुका सम्बन्धमा पटकपटक कुरा उठाइसकेको स्मरण गर्दै आवश्यक पहल गर्ने बताएका थिए। उनले भने,‘तपाईहरुका माग जायज छन्, यो राष्ट्रकै विषय हो । मैले आफ्नो ठाउँबाट आवश्यक पहल गर्नेछु।’

पूर्व गोर्खा सैनिक कृष्णबहादुर राईले भने,‘‘बेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीहरुलाई तलव कम दिइन्छ, कैयौं विभेद र असमानताहरु छन्, त्यहाँको हाउस अफ कमनको प्रतिवेदन समेत लागु भएको छैन। नेपाल समेत त्रिपक्षीय सन्धिअनुसार भर्ति गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन नेपाल सरकारबाटै पहल गर्न अनुरोध छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.