सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौंः नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले स्वर्गीय क्षेत्रीका छोराको शिक्षादिक्षामा सहयोग गर्न कोष खडा गरेको हो। कोषमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एक लाख रुपैयाँ सहयोग गरेका छन्।

शनिबार प्रेस युनियनमा आयोजित कार्यक्रममा पौडेल दम्पतिले स्वर्गीय क्षेत्रीकी पत्नी र छोराको उपस्थितिमा युनियनको काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालमार्फत १ लाख रुपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरे। पौडेलले गत बैशाखमा आफ्नो विवाहको खर्च कटाएर अक्षय कोष स्थापना गर्न सहयोग गर्ने जनाएका थिए।

रकम हस्तान्तरण पछि नेता पौडेलले स्वर्गीय क्षेत्री बहुआयमिक व्यक्ति भएको भन्दै उनको परिवारका लागि राज्यले सोेच्नुपर्ने बेला आएको बताए।

कार्यक्रममा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्सालले स्वर्गीय क्षेत्रीको क्षमताको उचित सम्मान गर्नुपर्ने बताए। उनले प्रेस युनियनले स्व क्षेत्रीको परिवारका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले कोहीपनि पत्रकारको अकालमा ज्यान नजाओस् भन्ने ध्ययका साथ पत्रकार स्वास्थ्य कोष स्थापना गर्न लागिएको जानकारी दिए।

काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले स्व. क्षेत्री पत्रकारीताका नक्षत्र भएको भन्दै उहाँको परिवारको सहयोगका लागि प्रेस युनियन काठमाडौं शाखा सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले २५ हजार, ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले ११ हजार १ सय ११, नेविसंघ केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रीय सदस्य सुशील भट्ट तथा नेविसंघ नेता हरि आचार्यले जनही ५–५ हजार रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.