'देश र जनताको हितमा संविधान संशोधन गर्न एमाले तयार छ'
!['देश र जनताको हितमा संविधान संशोधन गर्न एमाले तयार छ'](https://annapurnapost.prixacdn.net/media/albums/Ishwor-Pokhrel-57c193036c14b3.44078081_EuBhfp3yOz.jpg)
भक्तपुर: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले देश र जनताको हितमा हुनेगरी संविधान संशोधन गर्न तयार रहेको बताएका छन्।
युवा सङ्घ नेपाल जिल्ला कमिटी भक्तपुरले शनिवार गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुनसक्ने बताएका हुन्।
उनले भने,'कसैलाई सत्तामा पुर्याउने भर्याङ बनाउन र कोही कसैको स्वार्थ पुरा गर्नका खातिर संविधान संशोधन हुन सक्दैन।'उनले एमालेलाई मधेसमा एक वा दुई प्रदेश मान्य नभएको बताउँदै सिमाङ्कनको फैसला केही ठालु व्यक्तिले होइन, जनता र जनताका प्रतिनिधिले टुङ्ग्याउनुपर्ने बताए।
नेता पोखरेलले अङ्गिकृत नागरिक देशको उच्च पदमा बस्न नपाउने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि अङ्गिकार गरेको बताउँदै केही अङ्गिकृत नागरिकता लिएका मधेसी नेताहरूले चाहँदैमा अङ्गिकृत नागरिकलाई मुलुकको उच्च पदमा आसिन गराउने प्रयास सफल नहुने बताए। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)