असन्तुलित मन्त्रिपरिषद्

असन्तुलित मन्त्रिपरिषद्

गठबन्धन सरकार या मन्त्रिपरिषद्को निर्माण सहज हुँदैन । सत्ताकेन्द्रित या सत्ताप्रधान राजनीतिमा सत्तापक्षका सबै सांसद् (केही अपवादबाहेक) मन्त्री बन्न चाहन्छन्, जुन सम्भव हुँदैन । तर मन्त्रिपरिषद्को स्वरूप सन्तुलित हुनुपर्छ । त्यसको लागि क्षेत्रीय, भाषिक, सीमान्तकृत तथा दलित र लैंगिक सन्तुलन या प्रतिनिधित्व आवश्यक सर्त हो । तर विगत एक महिनामा तीन चरणको मन्त्रिपरिषद् निर्माण, अनि २४ क्याबिनेट स्तरको मन्त्री ( प्रधानमन्त्रीलगायत) र तीन राज्यमन्त्रीको गठन भइसकेको अवस्थामा यो मन्त्रिपरिषद् सम्भवतः सर्वाधिक असन्तुलित देखिन्छ ।

नेपाली कांग्रेसको नेतृत्वको अर्थात् पहिलो जननिर्वाचित सरकार सबभन्दा बढी प्रतिनिधिमूलक मानिन्छ अहिलेसम्मको 'रेकर्ड' मा । तर कांग्रेसकै बाहुल्य रहेको गठबन्धन सरकारमा किन एक दुई उच्च जातिविशेषको बाहुल्य छ ? किन महिला, दलित तथा क्षेत्रीय समूहहरूको उचित र सन्तुलित प्रतिनिधित्व हुन सकेन ? माओवादीले दुईजना 'राज्यमन्त्री' का रूपमा महिलालाई प्रतिनिधित्व दियो । त्यसमा गम्भीरता र सामाजिक न्यायप्रतिको प्रतिबद्धताभन्दा बढी लोकाचारको डर देखिन्छ ।

उता कांग्रेस अत्यन्त दुर्दशाको स्थितिमा प्रस्तुत भएको छ । निर्वाचनले आन्तरिक प्रजातन्त्र मजबुत पार्छ र प्रजातन्त्रका सिद्धान्तमा आस्था राख्नेहरू निर्वाचन परिणाम स्वीकारी निर्वाचित नेतृत्वलाई स्विकार्छन् । तर कांग्रेसको निर्वाचनमा गुटको अस्तित्व समाप्त गर्न सकेन, यद्यपि पराजित सबै अध्यक्ष र महासचिवका उम्मेदवारहरूलाई पार्टी अध्यक्ष शेरबहादुर देउवाले पार्टी कार्यसमितिमा मनोनीत पनि गरे ।

मन्त्रीको छनोटमा उनले अध्यक्षको या निर्विवाद नेताका रूपमा भन्दा ती गुटकै नेताको सिफारिसमा मन्त्री छानेर पार्टीभित्र गुटलाई संस्थागत मान्यता दिएका छन् । अर्थात् कांग्रेस संसद्भित्रको सबैभन्दा ठूलो पार्टीका रूपमा भन्दा चार साना–ठूला 'गुट' को ' योग' का रूपमा प्रस्तुत भएको छ । त्योसँगै संसद्को तेस्रो ठूलो दलले सरकारको नेतृत्व गर्दा सिद्धान्तले भन्दा सत्ताको खेलकै कारण वर्तमान सत्ता गठबन्धनको जन्म भएको मान्नेहरू धेरै छन् ।

यी असहजता र असन्तुलनले धेरै असन्तोष र समस्या जन्माउँदैन मुलुकको लागि र राजनीतिमा, जसले राजनीतिक अस्थायित्वको वर्तमान प्रवृत्तिलाई निरन्तरता दिनेछ । यो सँगै विगत दस वर्षमा अर्को एउटा खतरनाक विकृति पैदा गरेको छ । गठबन्धनको संस्कृतिको जन्म र निरन्तरतासँगै हरेक सत्ताघटकले मन्त्रिपरिषद्मा आफ्नो 'नेता' पनि पठाउन थालेका छन् ।

वास्तवमा प्रधानमन्त्रीलाई मन्त्रीहरूले आफ्नो नेता नै मान्दैनन्, किनकि उनीहरू मन्त्रिपरिषद्भित्र आफ्नो दलका नेताप्रति उत्तरदायी मान्छन् आफूलाई । निरीह प्रधानमन्त्री र दलको गुटहरूमा 'विभाजन' ले विविध स्वार्थको वर्चश्व स्थापित गर्छ राजनीतिमा । अहिले त्यही भएको छ र यसका दुष्परिणाम मुलुकका कठिन भोगाइ बन्नेछन्, आउने दिनमा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.