पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन
![पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन](https://annapurnapost.prixacdn.net/media/albums/Gore-bahadur-khapangi-57c25ab6d7b389.81197572_Of2G7dFjLt.jpg)
काठमाडौं: पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । उपचारका क्रममा रहेका खपाङ्गीको शनिबार राति १० बजेर २२ मिनेटमा निधन भएको हो ।
पिसाबसम्बन्धी समस्या देखिएर अस्पताल भर्ना गरिएको थियो ।
खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा मन्त्री बनेका थिए । उनले महिला तथा बालबालिका मन्त्रालय सम्हालेका थिए ।
नेकपा मालेको राजनीतिबाट राजनीतिक यात्राको सुरुवात गरेका खपाङगी अहिले लिवरल डेमोक्रेटिक पार्टीका अध्यक्ष थिए ।
खपाङ्गीको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।
महोत्तरीमा जन्मिएका ७० वर्षका गोरेबहादुर खपाङ्गी काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनापछि गम्भिर घाइते भएका थिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले खपाङ्गीको निधनले स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन्-'पूर्वमन्त्री/जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधनले स्तब्ध छु। नेता खपाङ्गीप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिवार र शुभेच्छुकमा समवेदना'
पूर्वमन्त्री/जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधनले स्तब्ध छु। नेता खपाङ्गीप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिवार र शुभेच्छुकमा समवेदना।
— PM Puspakamal Dahal (@PM_Nepal) August 28, 2016
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)