अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सार्वजनिक प्रस्ताव नचाहिने

अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सार्वजनिक प्रस्ताव नचाहिने

काठमाडौं: नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा सञ्चालन गर्न सार्वजनिक प्रस्ताव पर्खनु नपर्ने व्यवस्था हुने भएको छ । नेपालबाट कुनै पनि वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्न चाहेमा सरकारले प्रस्ताव आह्वान गरेपछि मात्रै आवश्यक प्रक्रिया पुर्‌याएर निवेदन दिने व्यवस्थालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परिमार्जन गर्ने भएको छ ।

मन्त्रालयले आगामी दसैंसम्मा हवाई उद्योग व्यवस्थापन नियमावली बनाउने भएको छ । यो नियमावलीमा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न चाहने कम्पनीले आवश्यक प्रक्रिया पुर्‌याएर जतिबेला पनि निवदेन दिन सक्ने मन्त्रालयका सहप्रवक्ता तथा हवाई उद्योग महाशाखाका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिने सम्बन्धी कार्यविधि २०६६ अनुसार कुनै पनि वायुसेवाले सार्वजनिक प्रस्ताव आह्वान भए पछि मात्रै निवेदन दिनुपर्ने व्यवस्था छ । यो कार्यविधि पर्यटन मन्त्रीस्तरीय निर्णयबाट २०७२ चैतमा संशोधन भएको थियो ।

पर्यटन मन्त्रालयले नेपालबाट अन्तर्राष्ट्रिय उडानका वायुसेवाको आवश्यकता छ भनेर सार्वजनिक प्रस्ताव नमागेसम्म वायुसेवा कम्पनीले मात्रै चाहेर अन्तर्राष्ट्रिय लाइसेन्स नपाइने मन्त्रालयको भनाइ छ । वायुसेवाको चाहेका बेला अनुमति नपाए सरकारीले प्रस्ताव मागेको बेला आवेदन नै नपर्ने गरेकोले पनि सहजीकरण गर्न खोजिएको मन्त्रालयको भनाइ छ ।

पर्यटन मन्त्रालयका अनुसार हवाई उद्योग व्यवस्थापना नियमावलीको तयारी भइरहेकोले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई सहजीकरण गर्न पनि यस्तो नियमावली जरुरी छ । मन्त्रालका अनुसार नियमावलीको प्रारम्भिक खाका तयार भैसकेकोले कानुन मन्त्रालयको राय लिने र आवश्यक संशोधनपछि सरकारले स्वीकृत गर्नुपर्ने हुन्छ । आगामी दुई महिनाभित्रै सबै सरकारी प्रकृया सकेर मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत गराउने योजना पर्यटन मन्त्रालयको छ ।

मन्त्रालयलका अनुसार हेलिकोप्टर सेवा प्रदायक श्री एयरलाइन्सको आन्तरिक उडानमा रुचि देखाउँदै जहाज संख्या थप्न निवेदन दिएको छ । यस्तो निवेदनमा सीमा क्षेत्रका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने चासोसहित अनुमति पनि माग गरेको छ । मन्त्रालयका अनुसार नयाँ वायुसेवासरहको प्रक्रिया अपनाएर यो वायुसेवाले आवेदन दिनुपर्नेछ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवामा लामो सयमदेखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम मात्रै छ । निगमले ५८ वर्षदेखि निरन्तर सेवा दिइरहेको छ । निगममा जहाज थप हुन नसक्दा मात्रै उडान समस्या हुने गरेको छ ।

निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरलाइन्सले भर्खरै सेवा सुरु गरेको छ । यो वायुसेवाले पनि तत्कालीन फ्लाई यतिको लाइसेन्स किनेर अन्तर्राष्ट्रिय उडानको प्रकृया अगाडि बढाएको हो । यस अघि निजी क्षेत्रबाट बीबी एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए पनि तीन महिनाभन्दा लामो समय सेवा दिन सकेन ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानको सम्भावना भएर पनि नेपाल निजी वायुसेवाले सेवा दिन सकेका छैनन् । विभिन्न विदेशी गन्तव्यबाट नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या भने २६ वटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । नेपालबाट सीध अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको अभावका कारण विदेशी वायुसेवाबाट महँगो हवाई भाडा तिरेर यात्रा गर्न नेपाल आउने यात्रु वाध्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.