‘बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्छु’

‘बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्छु’

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष बैशाख १२ मा गएको भूकम्प क्षतविक्षत बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहल गर्ने बताउका छन्।

बारपाकका भुकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

भेटमा प्रचण्डले भने,‘ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन मेरो तर्फबाट पुरै सहयोग र साथ रहनेछ।’

जिल्लाका सांसदसहित आएको टोलीले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिंदै ज्ञापनपत्र समेत पेश गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.