ओलम्पिक बिजेतालाई सचिनले दिए बीएमडब्ल्यू कार उपहार

ओलम्पिक बिजेतालाई सचिनले दिए बीएमडब्ल्यू कार उपहार

हैदरावादः ब्राजिलमा भएको रियो ओलम्पिकमा पदक जित्ने दुई भारतीय महिलासहित चारजनाले बिएमडब्ल्यू कार उपहार स्वरुप पाएका छन्।

रियो ओलम्पिकका लागि भारतीय टोलीका सदभावनादूत रहेका महान क्रिकेटर एवम् पूर्व ब्याट्स म्यान सचिन तेन्दुलकरले पदक विजेता दुई भारतीय महिला खेलाडीसहित चारजनालाई हैदरावादस्थित गोपीचन्द एकेडेमीमा आयोजित विशेष समारोहमा बिएमडब्ल्यू कारको चाँबी हस्तान्तरण गरेका हुन्।

रियो ओलम्पिकमा रजत पदक जित्ने व्याडमिन्टन खेलाडी पीवी सिन्धु, रेस्लर साक्षी मलिकसहित राम्रो प्रदर्शन गर्ने जेम्नास्टिक खेलाडी दीपा कर्माकर र व्याडमिन्टनकी प्रशिक्षक पुलेला गोपीचन्दलाई क्रिकेटर सचिन तेन्दुलकरले बिएमडब्ल्यू कार उपहार स्वरुप हस्तान्तरण गरेका हुन्। खेलाडीको सम्मानका लागि ती कार भने हैदराबाद जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष चामुन्डेश्वरनाथ व्यवस्था गरेका हुन्।

रियो ओलम्पिकमा भारतका लागि ब्याडमिन्टन खेलाडी सिन्धुले रजत र रेस्लर साक्षी मलिकले कास्य पदक दिलाएका थिए। जिम्नास्टिक खेलाडी कर्माकार भने चौथो स्थानमा रहँदै पदकबाट बञ्चित भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.