कृषि यन्त्रीकरण प्रवद्र्धन कार्यनीति आउने

कृषि यन्त्रीकरण प्रवद्र्धन कार्यनीति आउने

काठमाडौंः सरकारले कृषि यन्त्रीकरण प्रवद्र्धन कार्यनीति ल्याउने भएको छ । कृषि यन्त्रीकरण प्रवद्र्धन नीति कार्यान्वयन गर्न सरकारले कार्यनीति ल्याउने तयारी गरेको हो । कृषि यन्त्रीकरण प्रवद्र्धन नीति २०७१ मा आएको थियो । कार्यनीति नबनाइएका कारण यो नीति कार्यान्वयनमा आउन सकेको छैन ।

कृषि विकास मन्त्रालयले इफ्री युएसएड र नर्मा कन्सलटेन्सीको सहयोगमा यो कार्यनीतिको मस्यौदा तयार गरेको छ । मन्त्रालयले कार्यनीतिसम्बन्धी प्रारम्भिक चरणको मस्यौदा तयार पारिसकेको छ । अब बृहत छलफलका आधारमा अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याइनेछ ।

कार्यनीति तयार पार्न गठन गरिएको मस्यौदा समितिका संयोजक तथा कृषि विज्ञ डा.वीरेन्द्रवीर बस्न्यातका अनुसार केही दिनभित्रमा छलफलका आधारमा कार्यनीतिलाई अन्तिम रुप दिइनेछ । दीर्घकालीन कृषि रणनीतिको भावना समेट्दै कार्यनीतिको मस्यौदा तयार पारिएको हो ।

उनका अनुसार मुलुकभित्रका कृषि श्रमिक वैदेशिक रोजगारमा जाने क्रम सुरु भएपछि कृषि उत्पादनमा आएको कमीका कारण खाद्य असुरक्षा बढ्दै गएको भन्दै विज्ञहरूले कृषि यन्त्रीकरणमा जानुको विकल्प नभएको आौंल्याएका छन् ।

तयार पारिएको मस्यौदाका विषयमा सरोकारवालासँग छलफल गर्न आइतबार राजधानीमा आयोजित कार्यक्रममा विज्ञले कृषि यन्त्रीकरणबिना उत्पादनमा वृद्धि गर्न नसक्ने निश्कर्ष निकालेका छन् ।

नर्मा कन्सलटेन्सीका प्रबन्ध सञ्चालकसमेत रहेका बस्न्यातले नेपालमा कृषि यन्त्रीकरणको ६ क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । यसअनुसार खेतीपातीका लागि जग्गा तयार पार्न, बीउ छर्न तथा बिरुवा रोप्न, सिँचाइ उपलब्ध गराउने, गोडमेल गर्ने, कटाई, चुटाई र प्याकिङ गर्नेसम्बन्धी औजार र यातायातसम्बन्धी कृषि औजार आवश्यक रहेको बस्न्यातको भनाइ छ ।

हाल तराईमा ६१, उच्च पहाडमा १५ प्रतिशत र हिमाली क्षेत्रमा दुई प्रतिशतका दरले कृषि औजारको प्रयोग भइरहेको छ ।

यसैगरी पशुपन्छीतर्फ ठूला जातका पशु, बाख्रा र भेडा, बंगुर, कुखुरा पालन र माछा क्षेत्रमा पनि औजार तथा उपकरणको उपभोग गर्नुपर्ने कार्यनीतिमा समावेश गरिएको छ ।

यस्ता उपकरणको सदुपयोग गर्न सके कम श्रमशक्ति उपयोग हुने र किसानलाई कृषितर्फ आकर्षित गरी अधिकतम उत्पादन लिन सकिनेछ । ‘यस्ता आधुनिक कृषि औजार बिना उत्पादनमा बृद्धि ल्याउन सकिन्न्’, उनले भने ,‘यसका साथै नेपालको मौलिक कृषि औजारको उत्पादनमा वृद्धि ल्याउनुपर्छ । सधै भारतसहित तेस्रो मुलुकबाट आयात गरिएको कृषि औजारको भरमा आधुनिक कृषि प्रणालीको परिकल्पना गर्न सकिन्न ।’

हाल तराईमा ६१, उच्च पहाडमा १५ प्रतिशत र हिमाली क्षेत्रमा दुई प्रतिशतका दरले कृषि औजारको प्रयोग भइरहेको छ । सरकारले यो कार्यनीति सन् २०१७।०१८ देखि २०२५ सम्मका लागि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

यसअनुसार अल्पकालीनतर्फ दुई, मध्यकालीनतर्फ तीन र दीर्घकालीनतर्फ ५ वर्ष छुट्टयाइएको छ । यो कार्यनीति कार्यान्वयनमा आएपछि हाल उत्पादन भइरहेको कुल उत्पादनमा थप २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ । प्रस्तावित मस्यौदाले आगामी १० वर्षका लागि ७५ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.