रुपाकोटमा भाइटालिटी पुल

रुपाकोटमा भाइटालिटी पुल

पोखराः गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा निर्मित रुपाकोट रिसोर्टमा भाइटालिटी स्विमिङ पुल (पौडी पोखरी) बनेको छ । रिसोर्टका अनुसार यस्तो पुल मुलुककै पहिलो हो ।

पोखरी भदौ १६ देखि पाहुनाका लागि खुला गरिने जानकारी रिसोर्टका प्रवद्र्धक पुष्प अधिकारीले दिए । हिमालमा पाइने विश्वास गरिएको जनावर यतीको पाइला आकारमा बनेको पोखरीमा ६ वटा भाग छन् । ती भाग पनि एउटै आकारका छैनन्, गोलाकार र वर्गाकार छन् । ‘पौडी खेल्नुका साथै स्वास्थ्यसम्बन्धी गतिविधि गर्न मिल्नु भाइटालिटी स्विमिङ पुलको विशेषता हो’, अधिकारीले भने, ‘पोखरीमा ओपन ज्याकुजी, नी मसाज, मसल मसाजलगायत गतिविधि गर्न मिल्छ ।’ साढे दुई लाख लिटर पानी क्षमताको पोखरी साढे चारदेखि पाँच फिट गहिरो छ ।

‘पोखरीमै माछापुच्छेको प्रतिविम्ब पर्नु, यहींबाट हिमाल र तालको दृश्यावलोकन गर्न पाइनु हाम्रा विशेषता छन्’, अधिकारीले भने, ‘स्विमिङ एगेन्स्ट द करेन्ट (पानी प्रवाहको विपरीत धारमा पौडी) पनि हाम्रो पोखरीमा छ ।’ जसरी पानी उम्लँदा बुलबुल गर्छ, त्यस्तै विशेषता रुपाकोट रिसोर्टका पौडी पोखरीमा छ ।

यतीको पाइला आकारमा बनेको पोखरीमा ६ भाग छन् । ती भाग पनि एउटै आकारका छैनन्, गोलाकार र वर्गाकार छन् ।

विदेशमा आर्जित कमाइ ल्याएर ४० करोड रुपैयाँ रिसोर्टमा लगानी गरेका अधिकारीले दुई करोड रुपैयाँ पौडी पोखरीमा खर्चेका छन् । रिसोर्ट दुई वर्षअघि दसैंताका सुरु भएको थियो । पौडी र स्वास्थ्य गतिविधिमा सहभागी बन्न चाहने रिसोर्टकै पाहुनालाई थप शुल्क नलिने रिसोर्ट सञ्चालक अधिकारीले जनाए । बाहिरी पाहुनाका लागि भने प्रतिव्यक्ति दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेम्टेम्बरबाट पौडी पोखरी सुरुआत गर्ने रिसोर्टले अर्काे महिना अक्टोबरबाट स्पा, ब्युटीपार्लर र ध्यानकक्ष सञ्चालनमा ल्याउँदैछ । ‘रिसोर्ट आउने पाहुनाले धेरैभन्दा धेरै सुविधा पाऊन् र अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सकियोस् भन्ने उद्देश्य हो’, अधिकारीले भने । आउँदो अक्टोबरका लागि रिसोर्टको बुकिङ राम्रो देखिएको पनि उनले जानकारी दिए ।

रिसोर्टमा ४२ कोठा छन् । अहिलेसम्म कुनै पर्यटकीय गतिविधि नभएको कास्कीको पूर्वी गाउँ रुपाकोटमा रिसोर्ट बनेपछि उक्त ठाउँ पोखरेलीको घुमफिर गन्तव्य बन्न थालेको छ । रिसोर्टबाट वेगनाश र रुपाताल एकै नजरमा देख्न सकिन्छ ।

महँगा पर्यटक यो रिसोर्टका लक्षित पाहुना हुन् । डाँडामा नेपाली शैली र दुईवटामात्रै तला भएका घर बनाइएका छन् । सबैजसो कोठाबाट अन्नपूर्ण हिमाली शृंखला देखिन्छ । दुई सय रोपनी क्षेत्रफल जग्गा भएको रिसोर्टले प्याकेजमा आउने पर्यटकलाई रुपाकोट र लेखनाथ क्षेत्रका रमणीय स्थल घुमाउने व्यवस्था पनि मिलाउँछ । ‘हाम्रा पाहुना हाइकिङ जान्छन्, वनजंगल डुल्छन् र चराचुरुंगी हेर्छन्,’ अधिकारीले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.