बेन्टलेका सामानमा ५० प्रतिशत छुट
काठमाडौंः बेन्टलेले आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने भएको छ । दरबारमार्गस्थित बेन्टलेको सोरुममा भदौ ९ देखि विभिन्न लेडिज तथा जेन्स सामग्री आकर्षक छुटका साथ बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।
नेपालीको चाड तीज, दसैं र तिहारको अवसरमा कम्पनीले छुट प्रदान गरेको हो । यसले चाडपर्वको समयमा ग्राहकमा रौनक ल्याएको कम्पनीले जनाएको छ । बेन्टलेले नेपालमा लेडिज, जेन्स जुत्ता तथा विभिन्न छालाका सामान बिक्री गर्दै आएको छ ।