चितुवाको अाक्रमणबाट बालिकाको मृत्यु
अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. ९ खाचीकोट कुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं ९ कुर दुवारमा आईताबर साँझको समयमा घर बारीको डोराबाट चितुवाले लगेर सुर्य बहादुर बिककी ५ वर्षिया छोरी ललिता बिकको मृत्यु भएको हो ।
स्थानिय रुद्र ज्ञवालका अनुसार साँझ बारीको डोरामा बसेको बेलामा बालिकालाई चितुवाले आक्रमणमा गरेको थियो । आमा बारीमा बोडी दिप्दै थिईन । स्थानियबासीले खोजी गर्ने क्रममा राती दुवार मुनीको जंगलमा बालिकाको शरीर चितुवाले खाएको अबस्थामा क्षतविक्षत शब फेला परेको हो । अर्घाखाँचीमा पछिल्लो समय चितुवाको बिगबिगी बढेको छ ।