नयाँ उद्योगलाई प्राथमिकता दिइने

नयाँ उद्योगलाई प्राथमिकता दिइने

काठमाडौँः उद्योगमन्त्री उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ उद्योगलाई प्राथमिकता दिइने बताएका छन् । नयाँ उद्योगलाई प्राथमिकता दिए मात्र मुलुकको विकास हुने उनले बताए ।

घरेलु तथा साना उद्योग विकासको अवलोकन गर्ने क्रममा मन्त्री जोशीले मुलुकको मागअनुसारको उद्योगलाई प्राथमिकता दिएमात्र बेरोजगार युवा विदेश पलायन हुनबाट रोकिने विश्वास व्यक्त गरे । ’ उनले भने । ले नयाँ उद्योगलाई प्राथमिकता दिइने बताएका छन् । नयाँ उद्योगलाई प्राथमिकता दिए मात्र मुलुकको विकास हुने उनले बताए ।

घरेलु तथा साना उद्योग विकासको अवलोकन गर्ने क्रममा मन्त्री जोशीले मुलुकको मागअनुसारको उद्योगलाई प्राथमिकता दिएमात्र बेरोजगार युवा विदेश पलायन हुनबाट रोकिने विश्वास व्यक्त गरे । ’ उनले भने ।

परम्परागत उद्योगभन्दा अहिले मुलुकले खोजेको र छिट्टै आम्दानी हुने उद्योग सञ्चालन गर्नका लागि विभागले पहल गर्नुपर्ने उनको भनाई थियो ।
मन्त्री जोशीले विभागको संरचनालाई व्यवस्थित गरेर सकारात्मक सोचबाट अगाडि बढे सफलता हासिल गरिने बताए । ‘घरेलु तथा साना उद्योग विभागलाई ७५ वटै जिल्लामा लैजानु आवश्यक छ’ उनले भने ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले मुलुकमा भएका स्रोत साधनको उपयोग गरेमात्र जीविकोपार्जनमा सहज हुने बताए । उनले गलत काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई मन्त्रालयको सहयोग रहने उनले स्पष्ट पारे ।

विभागका महानिर्देशक नारायणप्रसाद विडारीले अहिले मुलुकभर दुई लाख ६५ हजार उद्योग रहे पनि दुई लाख तीन हजार उद्योगले मात्र नवीकरण गरेको बताए । उनले विभागले आगामी वर्ष १५ हजार युवालाई तालिम दिन विभाग लागिपरेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.