महाकालीमा चार लेनको पक्की पुल बन्ने
भीमदत्तनगर : महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिएका छन्। त्यसका लागि आन्तरिक गृहकार्य तथा प्राविधिक तयारी भइरहेको छ। यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ।
यसबारेमा भारतीय पक्षसँग पनि छलफल भइरहेको छ। महाकाली नदीमा पुल नहुँदा दुवै तर्फबाट आवतजावत गर्न समस्या भएको छ।
सोमबारदेखि सुरु भएको नेपाल इँटाउद्योग महासङ्घको नवौंँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि तयारी भइरहेको जानकारी दिएका हुन्।