शिक्षिकाको तलब मासिक ३ हजार

शिक्षिकाको तलब मासिक ३ हजार

खाँदबारीः २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ । रुनेलाई फकाउने, सिँगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको आँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी छन् ।

धनमायाजस्तै जिल्लामा दुई सय ६८ महिला शिक्षक दैनिक एक सय रुपैयाँमा दिनभर काम गर्दै आएका छन् । यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ । जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आह्वान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरू । तीन हजार रुपैयाँ मासिक तलब पाउने गरी आह्वान गरिएको जागिरमा पुरुषको आवेदन परेन ।

सँगै विद्यालयमा काम गर्ने शिक्षकले चौमासिक रूपमा एक लाखभन्दा बढी रकम लिने गरेको तर बालशिक्षिकाले भने चौमासिक १२ हजार रुपैयाँ लिनुपर्दा मन खल्लो हुने श्री आधारभूत विद्यालय पिङडाँडा चैनपुर ५ मा अध्यापनरत बालशिक्षिका रोजिना भण्डारी बताउँछिन् ।

राज्यले एउटा कामदारको पारि श्रमिक कति भनेर तोकिसकेको छ । मासिक तीन हजार रुपैयाँजस्तो कम पारिश्रमिकको जागिरमा पुरुषको आवेदन नै नपर्ने गरेको महिला अगुवा मनमाया तामाङले बताइन् । राज्यले महिलालाई उपेक्षा गरेको उदाहरणका रूपमा उनी यसलाई लिन्छिन् ।

श्रम ऐन २०४८ ले ज्याला निर्धारण गर्दा जीवन निर्वाहसम्मको अवस्था हुनुपर्ने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले पारित गरेकोलगायत थुप्रै सन्धिहरूमा नेपालले न्यूनतम पारि श्रामिकको पक्ष राष्ट्रका रूपमा हस्ताक्षर गरेको छ ।

जिल्ला विकास कार्यालयले समेत जिल्लाको दररेट निर्धारण गरेको छ । यी सबै प्रावधानविपरीत जिल्ला शिक्षा कार्यालयले तीन हजार रुपैयाँ मासिक पारि श्रमिकमा सयौं महिलालाई नियुक्ति दिएको हो । शिक्षा विभागको निर्र्देशनमा तीन हजार पारि श्रामिक दिएर महिलालाई काम लगाएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । संखुवासभाका दुई सय ६८ बालशिक्षिका कम पारि श्रामिकमा काम गर्दै आएका छन् ।

शिक्षा विभागले हिमाली क्षेत्रमा मासिक तीन हजार दुई सय र अन्य क्षेत्रमा तीन हजार रुपैयाँ प्रदान गर्ने गरी बालशिक्षिका नियुक्त गराई काम लगाएको हो । चाडपर्वसहित यस्ता शिक्षिकाले वार्षिक १३ महिनाको ३९ हजार रुपैयाँ पारि श्रमिक लिन्छन् । शिक्षिका रेजिना भण्डारी भन्छिन्, ‘बिहान १० बजेदेखि विद्यालय गई दिनभर पढाउनुपर्छ । विद्यालय प्रशासनले तलबको अवस्था हेर्दैन, उल्टै पेल्छ ।’

महिला अधिकारकर्मी केशकुमारी कार्की राज्यले महिलाप्रति हेर्ने दृष्टिकोण तत्काल सच्याउन र यस्ता शिक्षिकाको तलब कम्तीमा मासिक १५ हजार पुर्‍याउन शिक्षा विभागसँग माग गर्छिन् । कतिपय विद्यालयले १० बजेदेखि ४ बजेसम्म काम लगाएर एक हजार रुपैयाँ थप गरेको पाइयो भने केही तीन हजार रुपैयाँमै मासिक काम गर्न बाध्य छन् ।

संखुवासभामा एक दिनको मजदुरीबापत ५ सय ६० रुपैयाँ ज्याला तोकिएको अवस्थामा दैनिक सय रुपैयाँमा राज्यले नै काम लगाउनु महिलामाथि हिंसा भएको अधिकारकर्मीहरू बताउँछन् ।

बालविकासअन्तर्गतका कार्यक्रममा बालशिक्षिकाको व्यवस्था गरेकाले राज्यको नीतिअनुसार नै महिलालाई काम लगाउँदै आएको जिल्ला शिक्षा अधिकारी गौतम बताउँछन् । राज्यले उनीहरूको तलब वृद्धि गर्नुपर्ने उनी पनि स्वीकार्छन् । संखुवासभामा एक दिनको मजदुरीबापत पाँच सय ६० रुपैयाँ ज्याला तोकिएको अवस्थामा दैनिक सय रुपैयाँमा राज्यले नै काम लगाउनु महिलामाथिको हिंसा भएको महिला अधिकारकर्मीहरू बताउँछन् ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला विकास अधिकृत सुनिता सुवेदीले यो शिक्षा विभागको ५० वर्ष अघिको निर्णय भएको उल्लेख गर्दै यसरी काम लगाउन नमिल्ने बताइन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.