‘शीर्ष नेताहरूले संसद्को उपेक्षा गरे’

‘शीर्ष नेताहरूले संसद्को उपेक्षा गरे’

काठमाडौंः प्रमुख दलका शीर्ष नेताहरूले संसद्लाई उपेक्षा गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् । शीर्ष नेताहरूले संसद्लाई सत्ताको भ¥याङ बनाउने कार्यबाहेक अरू केही नगरेको आरोप सांसदहरूको छ ।

सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरू संसद् बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरूको छ । संविधानसभाको पहिलो बेठकदेखि व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरूसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताहरूको कुर्सी खाली देखिँदै आएको छ ।

संसद्को सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनकराज जोशीले विशेष समय लिएर संसदमा माशीर्षसहित पहिलो मर्यादामा रहने नेताहरूको आसन महिनौ‌‌सम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनका अनुसार संसद्मा शीर्ष नेताहरू सहभागी हुनु भनेको संसदीय मूल्यमान्यता र परम्पराको गरिमा बढ्नु हो ।

जोशीले भने, ‘शीर्ष नेताहरूले संसद्मा बोल्ने कुरा बाहिर आमजनताबीच किन र केका लागि बोलिरहेका छन् । जनमतका लागि मात्र हो भने पनि त्यस्तो प्रक्रियाले अन्ततः संसद्लाई नै घाटा पुग्छ । संसद्भन्दा ठूलो संस्था अरू केही हुन नसक्ने हुँदा यहाँ बोल्नु र सहभागी हुनु भनेको राजनीतिक र कानुनी वैधता पाउनु पनि हो ।’

कुशल पाइलटका रूपमा संसद्लाई अघि बढाउने कार्यमा अग्रज नेताहरूको अग्रगामी नेतृत्व हुनुपर्ने माग उनले गरे । एमालेका रवीन्द्र अधिकारीले सरकारमाथि स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले भने, ‘सत्तारुढ दलहरूबीच भएको कपाली तमसुकअनुसार सरकारको म्याद दुई सय २८ दिनमात्र बाँकी रहेको हुँदा स्थानीय निर्वाचनको कार्यतालिका तत्काल संसद्मा ल्याउनुपर्‍यो ।’

सरकार गठन भएको एक महिना भएको र प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै गेयर चेन्ज गरेर गाडी दौडाउने अभिव्यक्ति दिए पनि सोअनुसार अघि नबढेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू गियर चेन्ज गर्ने बेलामा गाडी त खाल्टोमा परिसकेको छ । यो अवस्थामा तपाईंले त्यत्तिकै गियर चेन्ज गरेर गाडी हिँडाउन सक्नुहुन्न ।’

सरकारले आफ्नो क्यालेन्डरअनुसार संविधान कार्यान्वयन अघि बढाएमा एमालेले सहयोग गर्ने उनले बताए । ‘संविधान कार्यान्वयनबिना जतिसुकै गियर चेन्ज गरे पनि गाडी अगाडि बढ्न सक्दैन, बलजफ्ती गरेमा खाल्टोमा पर्छ । ’

संयुक्त जनमोर्चाकी मीना पुनले सरकारले कानुन बनाउने काम अगाडि नबढाएसम्म स्थानीय तहको निर्वाचन हुन्छ भनेर पत्याउन नसकिने बताइन् । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले भारतीय संस्था पतञ्जली योग केन्द्रले नेपालमा योग सिकाउने नाममा गुप्तचरीको काम गरिरहेको भन्दै पतञ्जली योग केन्द्रका गतिविधिको निगरानी गर्न सरकारको ध्यानाकर्षण गराइन् । पतञ्जलीले विभिन्न बाहनामा नेपालको आन्तरिक मामिलामा गुप्तचरी गरिरहेको आरोप उनले लगाइन् ।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेस नेता खुमबहादुर खड्काका सुरक्षाकर्मीले दाङमा गोली चलाउँदा सात माओवादी कार्यकर्ताको ज्यान गएको तर त्यो घटनामा उल्टै माओवादीकै एक कार्यकर्तालाई दोषी ठहर गरी जेल चलान गरिएको बताए । उनले भने, ‘यस्ता घटनाले द्वन्द्वको घाउ चर्काउन सक्छ ।’ सो घटनामा खड्काको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा सात माओवादीका कार्यकर्ताको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.