सेनासँगै युद्ध बेस क्याम्पमा खेलाडी पुगेपछि..

सेनासँगै युद्ध बेस क्याम्पमा खेलाडी पुगेपछि..

एजेन्सीः एथलेटिक्सको महिला पोल भल्टकी विश्व कीर्तिमानी खेलाडी एलेना इसिनबाएभासहितका रुसी खेलाडी सिरियास्थित आफ्नो हवाई सेनाको बेस क्याप पुगेका छन् ।

प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन परीक्षण (डोपिङ) विवादमा परेपछि उनी हालै ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औं गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागिता जनाउनबाट वञ्चित भएकी थिइन् । इसिनबाएभा अन्य केही खेलाडीलाई लिएर सेनाको बेस क्याम्प पुगेकी हुन् ।

रुसले इस्लामिक स्टेट (आईएस) सँग लड्नका लागि सिरियामा बेस क्याम्प खडा गरेको हो । इसिनबाएभा र अन्य खेलाडीले युद्धमा रहेका आफ्ना सेनाको मनोबल बढाउन त्यहाँ पुगेको जनाएका छन् ।

३४ वर्षीया इसिनबाएभा हालै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा खेलाडीको कोटामार्फत सदस्य चुनिएकी थिइन् । आठ वर्षका लागि सदस्यमा चुनिएलगत्तै उनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा पनि गरेकी थिइन् ।

इसिनबाएभाले रुसका लागि सन् २००४ र सन् २००८ को ओलम्पिक खेलकुदमा पोल भल्टतर्फ स्वर्ण पदक जितेकी थिइन् । यद्यपि उनी यसपटक रुसका सबै एथलेटिक्स खेलाडीसँगै प्रतिबन्धमा परेकी थिइन् । आईओसीले राज्य प्रायोजित शक्तिवद्र्धक औषधि सेवनको कारण देखाउँदै इसिनबाएभासहित रुसका सबै एथलेटिक्स खेलाडीलाई रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

इसिनबाएभा रुसी खेलाडीको नेतृत्व गर्दै रुसी सरकारकै नियन्त्रणमा रहेको सिरियाको हेमेइमिमस्थित सेनाको बेस क्याम्प पुगेकी हुन् । रुसी टेलिभिजनले सोमबार प्रसारण गरेको ‘फुटेज’ मा इसिनबाएभासहितका खेलाडी बेस क्याम्पमा सेनासँग कुरा गरिरहेको देखाइएको छ ।
इसिनबाएभाले आफ्ना सेनासँग समय बिताउन पाउँदा निकै खुसी लागेको बताएकी छन् । ‘यहाँ रहँदा वास्तवमै देशप्रतिको जिम्मेवारीबोध हुन्छ, राष्ट्रिय भावना जागृत हुन्छ’, उनले भनिन्, ‘यहाँ आएर आफ्नो सेनासँग समय बिताउन पाउँदा निकै खुसी लागेको छ ।’ खेलाडीले त्यहाँ वृक्षरोपणसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.