राजधानीमा सुरु भयो अटो मेला

राजधानीमा सुरु भयो अटो मेला

काठमाडौंः राजधानीको भृकुटीमण्डमा ‘नाडा अटो सो’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एघारौं संस्करणको अटो मेला मंगलबार उद्घाटन गरे । नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा)ले अटो मेला आयोजना गरेको हो ।

अर्थमन्त्री महराले मेलास्थलमा विभिन्न कम्पनीले ल्याएका नयाँ गाडी र मोटरसाइकल सार्वजनिक गर्दै सम्पूर्ण स्टल भ्रमण गरे । मेलामा सहभागी झन्डै दुई दर्जन कम्पनीले नयाँ मोडल भित्र्याएका छन् । उद्घाटनकै दिन मेलामा अवलोकनकर्ताको भीड लागेको थियो ।

मेलामा बेलायती एमजी र फ्रान्सेली रेनोल्ट गाडी नयाँ ब्रान्डका रूपमा प्रवेश गरेका छन् । एमजीले तीनवटा र रेनोल्टले दुईवटा मोडल राखेको छ । यस्तै, टोयोटा, फियाट, होन्डा, सुजुकी, टाटा, स्याङयोङ, डाटसुन, भक्सवागन, स्कोडाले नयाँ मोडल प्रर्दशनीमा राखेका छन् । मेलामा महिन्द्रा, होन्डा, टीभीएस, यामाहा, यूएम, एसवाइएमलगायतले नयाँ बाइक भित्र्याएका छन् । मेलामार्फत नयाँ बाइकका रूपमा मोटरेस भित्रिएको छ ।

मेलामा ३६ ब्रान्डका सवारीसाधन प्रर्दशनीमा राखिएको छ । यसमध्ये १६ ब्रान्डका चार पांग्रे, १५ ब्रान्डका दुई पांग्रे र पाँच ब्रान्डका कमसियल गाडी छन् । साथै, बैंक तथा वित्तीय संस्था, स्पेयर्स पार्टस्, लुब्रिकेन्ट, सवारी सुरक्षा प्रविधि, ग्यारेज उपकरण, टायर, ब्याट्रीलगायतका स्टल पनि छन् । बैंकले ग्राहकलाई मेलास्थलमै फाइनान्सिङको सुविधा दिइरहेका छन् ।

भदौ १९ गतेसम्म सञ्चालन हुने मेलामा ५० हजार अवलोकनकर्ता आउने नाडाको लक्ष्य छ । नाडाले मेलामा दुई अर्ब रुपैयाँको कारोबार हुने अनुमान गरेको छ । गत वर्षको मेलामा डेढ अर्बको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.