तनहुँको रिस्तीमा पहिरोले तीन घर पुर्‌यो

तनहुँको रिस्तीमा पहिरोले तीन घर पुर्‌यो

दमौलीः गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा तनहुँको रिस्ती ८ स्वामीफेदमा तीन घर पुरिएका छन् । वर्षाका कारण झरेको पहिरोले स्थानीय खहरेखोला थुने पछि खोलाले ठाउँ छोडेर बग्न थालेपछि पहिरो खसेको थियो ।

पहिरोमा परेर स्थानीय तीन घर पूर्णरुपमा पुरिएको प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले बताए । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोले मनवहादुर क्षेत्री, पुरुषोत्तम रेग्मी, शिव तिवारीको घर पुरेको छ । अन्य सात घर पहिरोको जोखिममा छन् । घटनास्थलमा दमौलीबाट गएको सडक विभागको डोजर तथा मनकामना गण भानुका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु उद्धार तथा पहिरो पन्छाउने काममा जुटेका छन् ।

डुबेको घरका सबैलाई सुरक्षित स्थलमा राखिएको र राहत लिएर टोली जाँदै गरेको रेडक्रस सोसाइटी तनहुँका सभापति उदयराज गौलीले बताए । उनले पाल तथा अत्यावश्यक सामग्रीसहितको टोली लिएर घटनास्थल जाँदै गरेको बताए ।

पहिरो रोक्न तथा बाढी आउन नदिन र थप क्षति हुन नदिन प्रहरी सुरक्षाकर्मीले काम गरिरहेको प्रजिअ सुवेदीले बताए । तनहुँ तथा आसपासका क्षेत्रमा मंगलबार रातिदेखि विहानसम्म अविरल वर्षा भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.