कतार एयरवेजका कर्मचारीको रहस्यमय मृत्यु

कतार एयरवेजका कर्मचारीको रहस्यमय मृत्यु

नेपालगञ्जः गएराती कोहलपुरको न्युरोडमा रहेको  होटल पपलाइफमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ ।

कतार एयरवेजमा काम गर्ने  कोहलपुर ११ का २७ बर्षीय विकास राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही स्थानका २७ बर्षीय पवन श्रेष्ठको बेहोस अवस्थामा फेला परेका छन् ।

श्रेष्ठको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

होटलको २ वटा कोठा लिएर बसेका मध्ये विरेन्दनगर १८ सुर्खेतका ३२ बर्षीय ईश्वर थापा, नेपालगन्ज १३ का ३१ बर्षीय प्रशान्त शाक्यलाई अनुसन्धानको प्रहरी पक्राउ गरेको छ ।

होटलको २०४ नम्बर कोठामा बसेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले दुवैलाई उद्धार गरी अस्पताल लैजाने क्रममा  राईको मृत्यु भएको  हो ।

मृत्यु हुने राई र  घाइते श्रेष्ठ अत्याधिक मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । डिएसपी काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।  अत्याधिक लागु पदार्थ सेवन गरेको कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.