२५ दिनपछि श्रीमतीले शव बुझिन्

२५ दिनपछि श्रीमतीले शव बुझिन्

काठमाडौँः शिक्षण अस्पताल महाराजगञ्जमा २५ दिनदेखि रहेको नवलपरासी पदमपुरका ५५ वर्षीय तीर्थ तामाङको शव बुधबार उनकी श्रीमतीले बुझेकी छन् ।

शारदा फाउन्डेसनका अध्यक्ष रतन चन्दको पहलमा करिब एक महिनादेखि अलपत्र परेको तामाङको शवलाई उनकी श्रीमती सुनिता तामाङलाई बुझाई बुधबार नै पशुपतिस्थित शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

करिब एक महिनाअघि कमलपित्त (जन्डिस) भई अस्पतालमा भर्ना भएका तामाङको मृत्यु भएपछि परिवारले अर्थाभावमा शव लैजान नसकेपछि अलपत्र परेको थियो ।

‘मैले आर्थिक अभावमा शव लैजान सकिनँ, अस्पतालको उपचार खर्च पनि तिर्न सकिनँ,’ तीनवर्षे छोरीसहित अस्पतालमा आएकी सुनिताले अर्थाभावमा मोतीबिन्दु भएकी छोरीको पनि उपचार गर्न नसकेको बताउँदै भनिन् ।

अस्पताल प्रशासनले तामाङको उपचारमा लागेको खर्च र शव गृहमा शव राखेबापतको ३० हजार छुट गरिदिएपछि शव लैजान सहज भएको चन्दले बताए । उनले पशुपति क्षेत्र विकास कोषले पनि तामाङको शव निःशुल्क शवदाह गरेको जानकारी दिए ।

उनले भने, ‘मैले अस्पतालमा शव अर्थाभावमा लैजान नसकेको थाहा पाएपछि विदेशमा बस्ने साथीसँग सहयोग मागेको थिए । जापानमा बस्ने साथीले रु ३६ हजार सहयोग गर्नुभयो । लामो प्रयासपछि अस्पताललाई तिर्नुपर्ने रकम छुट गराइयो । सङ्कलन भएको रु ७५ हजार श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।’

चन्दले तामाङकी तीन वर्षीया छोरी सरु तामाङको पनि मोतिबिन्दुको उपचार गरिदिने जानकारी दिइन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.