कारागारको शौचालयमा झुण्डिएर आत्महत्या

कारागारको शौचालयमा झुण्डिएर आत्महत्या

इलामः जिल्ला कारागार इलाममा कैद रहेका एक कैदीले आत्महत्या गरेका छन् । चौविसै घण्टा सुरक्षा घेरामा रहने कारागारमा कैद भुक्तान गरिरहेका इलाम नगरपालिका चार गोलाखर्कका ४२ वर्षका राजकुमार खातीले जेलका शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खाती चोरीको अभियागका चार वर्षअघि जेल परेका थिए । उनी ७६ सालको साउनमा जेलमुक्त हुने थिए । घटनाका बारेमा जेल प्रशासनले भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिले विवरण केही आउन नसकेको जेलर सिर्जना लुईटेलले बताइन् ।

जेलमा सुरक्षा व्यवस्था कडा हुने भएपनि खातीले शौचालयको रडमा डोरी लगाएर झुण्डिएको अवस्थामा पाइएको लुईटेलले बताइन् । खातीलाई बिहान ६ बजे शौचालयमा मृत अवस्थामा फेला पारिएको थियो ।

खाती रातिको समयमा शौच गएको भएपनि कति बेला गएका थिए भन्ने खुलेको छैन् । जेलभित्र डोरी तथा कुनै किसिमका हतियार पनि लैजान पाइँदैन तर, खातीलाई डोरीमा झुण्डिएको अवस्थामा फेला पारिएपछि प्रशासनको लापरबाहीले यो घटना घटेको केहीले आरोप लगाएका छन् ।

नेपालकै नमुना कारागारको रुपमा चर्चा गर्ने गरिएको इलाम कारागारमा २० जना कैदि बन्दीले एउटा शौचालय प्रयोग गरिरहेका छन् । एक सय जना पुरुष र २५ जना महिलाको क्षमता रहेता पनि हाल कारागारमा दुई ६७ जना कैदि रहेको जेलर लुइटेलले जानकारी दिईन् ।

शौचालयसँगै खाने पानीकोसमेत समस्या भोग्नु परेको कैदिबन्दीले गुनासो गरेका छन् । कारागारमा अहिले दैनिक सात हजार लिटर पानी आपुर्ती गर्ने गरेको लुइटेलले बताइन् । कारागारमा अहिले दुई सय ४० पुरुष र २१ महिला तथा चार आश्रित बालबालिका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.