दोलखाको लामाबगरमा पहिरोले तीन घर पुरिँए, दुईको मृत्यु
दोलखाः दोलखाको लामाबगर–४ छेदछेदमा पहिरोले तीनवटा घर पुरिँदा दुईजनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन्।
गएराति परेको अवरिल वर्षापछि आएको पहिरोले तीनवटा घर पुरिँदा लामाबगर–४ का २१ वर्षीय बडुले तामाङ र ३० वर्षीय प्रेममाया तामाङको मृत्यु भएको प्रहरी निरीक्षक ललङ प्रसाद कुर्मीले जानकारी दिए।
पहिरोमा पुरिँएका स्थानीय झसाङ तामाङ, ४० वर्षीया पातमाया तामाङ, २५ वर्षीया तृषि तामाङ र ७० वर्षीया सतमाई तामाङ अझै वेपत्ता छन्। बेपत्ताहरुको खोजीमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।