अटो मेलामा आधा दर्जन नयाँ बाइक

अटो मेलामा आधा दर्जन नयाँ बाइक

राजधानीको भृकुटीमण्डपमा आयोजित अटो मेलामा १५ ब्रान्डका बाइक तथा स्कुटर प्रदर्शनीमा राखिएको छ । तीमध्ये आधा दर्जन कम्पनीले नयाँ बाइक तथा स्कुटर भित्र्याएका छन् । बाँकी कम्पनीले आफ्नो मोडललाई नै प्रदर्शनीमा राखेको देखिन्छ । बजाज मोटरसाइकलले मेलालाई लक्षित गरी यसअघि नै १५० सीसी भी–१५ नयाँ बाइक सार्वजनिक गरेको थियो । बजाजको मुख्य आकर्षण पनि यही बाइक बनेको छ ।

मेलामा महिन्द्रा, सुजुकी, होन्डा, टीभीएस, यामाहा, यूएम, एसवाइएम, रोयल इनफिल्ड, मोटरेस, स्कोमादी लगायतका कम्पनी सहभागी छन् । जसमध्ये 'मोटरेस' पहिलोपटक नेपाल भित्रिएको हो । मेलामा बेला मोटर्सले आधा दर्जन इलेक्ट्रिक स्कुटर प्रदर्शनीमा राखेको छ ।

नेपालमा बाइक तथा स्कुटर सबैभन्दा उपयुक्त सवारी हो । नेपालीको आयस्रोत र सडकको अवस्थाले पनि बाइकको बिक्री उच्च हुने गर्छ । अहिलेसम्म १८ लाख ३६ हजार २५ थान बाइक तथा स्कुटर नेपालमा दर्ता भइसकेका छन् । गत आर्थिक वर्षमा मात्र दुई लाख ६७ हजार चार सय ३९ बाइक तथा स्कुटर दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा बाइक तथा स्कुटरको माग उच्च रहेका कारण व्यवसायी नयाँ–नयाँ बाइक तथा स्कुटर भित्र्याउन होडबाजी गर्दै आएका छन् । अझ नाडा अटो शोमा नयाँ मोडल सार्वजनिक गरेर उपभोक्ता आकर्षित गर्ने प्रतिस्पर्धा नै चल्छ । यसपटकको मेलामा पनि आधा दर्जन कम्पनीले नयाँ मोडल भित्र्याएर ग्राहक आकर्षित गरिरहेका छन् ।

महिन्द्रा मोजो

भारतीय महिन्द्रा कम्पनीले मेलामा नयाँ बाइक 'मोजो' सार्वजनिक गरेको छ । यो तीन सय सीसीको बाइक हो । यसले २८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । स्पोर्टी लुक्समा रहेको यो बाइक रातो र कालो गरी दुई रङमा उपलब्ध छ । यसमा सिंगल सिलिन्डर, फोर स्ट्रोक, एसआइ इन्जिन लगायतका फिचर छन् । नेपालमा मोजोको मूल्य पाँच लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

यामाहा रे जेडआर

यामाहाले अटो मेलामा 'रे जेडआर' स्कुटर सार्वजनिक गरेको छ । यो एक सय १३ सीसीको स्कुटर हो । रे जेडआर डिक्स र ड्रम ब्रेक गरी दुई भेरियन्टमा उपलब्ध छ । यसमा एअर कुल्ड, फोर स्ट्रोक, एसओएचसी, टु भल्ब लगायतका फिचर छन् । यसले ४५ देखि ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । इन्धन ट्यांकी क्षमता ५.२ लिटर छ । डिक्स ब्रेक स्कुटरको मूल्य एक लाख ९२ हजार नौ सय र ड्रम ब्रेक स्कुटरको एक लाख ८४ हजार नौ सय रहेको छ ।

अपाचे आरटीआर २०० ४भी

टीभीएस बाइकको नेपाली बिक्रेता जगदम्बा मोर्टसले मेलामा 'अपाचे आरटिआर २०० ४भी' सार्वजनिक गरेको छ । कम्पनीले रेसिङ बाइकको रूपमा यसलाई भित्र्याएको जनाएको छ । यो दुई सय सीसी इन्जिन क्षमता भएको बाइक हो । यसमा एसआइ, फोर स्ट्रोक, ओएल कुलेड इन्जिन प्रयोग गरिएको छ । पाँच स्पिड गियर रहेको यसले ३५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको मूल्य २ लाख ८३ हजार ९ सय रहेको कम्पनीले जनाएको छ । यो विभिन्न सात रङमा उपलब्ध हुनेछ ।

सुजुकीको एसेस १२५ स्कुटर

भीजी अटोमोबाइल्सले नाडा अटो शोबाट सुजुकीको 'एसेस १२५' स्कुटर सार्वजनिक गरेको छ । हेड ल्याम्पमा थ्रिडी लोगो साथ आएको यस स्कुटरमा फराकिलो सिट र इजी स्टार्ट सिस्टम रहेको कम्पनीले जनाएको छ । कम इन्धन खपत गर्नुका सथै यस स्कुटरले ६४ किलोमिटर प्रतिलिटरका दरले माइलेज दिनेछ । कम्पनीका अनुसार चार विभिन्न रङमा उपलब्ध यस स्कुटरको बजार मूल्य एक लाख ८९ हजार नौ सय रहेको छ ।

युएमको कमान्डो र स्पोर्टस् एस

अमेरिकन ब्रान्ड युएमको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले मेलामा 'रेनगेट कमान्डो' र 'रेनगेट स्पोर्टस् एस' सार्वजानिक गरेको छ । तीन सय सीसीमा उपलब्ध दुबै बाइकको मूल्य पाँच लाख ४ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यी बाइकमा सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, लिक्युइड कुल्ड इन्जिन लगायतका फिचर छन् । दुबै बाइकले राजमार्गमा २२ देखि २५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । बाइक तीन फरक रङमा उपलब्ध छन् ।

होन्डाको सीबीआर र नाभी

मेलामा होन्डाले सीबीआर ६५० एफ र नाभी मोडल सार्वजनिक गरेको छ । सीबीआरको बजार मूल्य २० लाख तोकिएको छ । यसमा ६ स्पिडको गिएर, लिक्युइड कुल्ड लाइन फोर सिलिन्डर डीओएचसी इन्जिन रहेको छ ।

एक सय १० सीसीका नाभी स्कुटर र बाइकको समिश्रण हो । यसको मूल्य एक लाख ५० हजार ९ सय रहेको छ । यसमा फोर स्ट्रोक एसआइ इन्जिन रहेको छ । यसले ५० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यो विभिन्न पाँच रङमा उपलब्ध हुनेछ ।

मोटरेसको एम५, इ–एम५ र एमएक्स–इएफआइ

एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नेपालमा मोटरेसका तीन नयाँ मोडल 'एम५', 'इ–एम५' र 'एमएक्स–इएफआइ' नाडामार्फत सार्वजानिक गरेको छ । यो ब्रान्ड मेलामार्फत पहिलोपटक नेपालमा भित्रिएको हो । यस कम्पनीका बाइक साना तथा आकर्षक रहेका छन् । कम्पनीको एम५ एक सय २५ सीसीमा रहेको छ । ५.५ लिटर फ्mयुल क्षमता रहेको यो बाइकले २.२ लिटर प्रतिसय किलोमिटरका दरले इन्धन खपत गर्ने कम्पनीको भनाइ छ । यसको मूल्य २ लाख ८५ हजार रहेको छ ।

इ–एम५ एक सय २५ सीसीमा रहेको छ । इलेक्ट्रोनिक्स बाइकको रूपमा रहेको यो बाइकले २ हजार वाटमा पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । ८ देखि १० घण्टामा फुल चार्ज हुने यो बाइकको मूल्य १ लाख ७० हजार रहेको छ ।

एमएक्स–इएफआइ बाइक भने कम्पनीले लिमिटेड इडिसनको रूपमा मेलामा ल्याएको छ । १ सय २५ सीसीको यो बाइकमा ५.५ लिटर फ्युल ट्यांक रहेको छ । यो बाइकले १.३ लिटर प्रतिसय किलोमिटरका दरले इन्धन खपत गर्ने कम्पनीको दाबी छ । यसको मूल्य ३ लाख ४५ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.