मानव बेचबिखनको मुद्दामा ७० वर्षीय वृद्ध जेल चलान

मानव बेचबिखनको मुद्दामा  ७० वर्षीय वृद्ध जेल चलान

तम्घास: मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन्। कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले गत छ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो।

अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो। पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.