अर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु
सन्धिखर्क: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ गच्छेमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।
बिहीबार लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर १९ वर्षीय गोविन्द विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते भएका विकको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुजन भण्डारीले जानकारी दिए।