नेपाल टेलिकमको ‘फेस्टिवल अफर’ भदौ १८ देखि
काठमाडौं: नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ।
यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उपभोक्ताले ४० रुपैयाँमा पाँच सय एमबी सात दिनका लागि र ८५ रुपैयाँमा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन्।
पाँच एमबी डाटा लिन स्पेसियल ५००एमबी (अङ्ग्रेजीमा) र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२०० एमबी (अङ्ग्रेजीमा) लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । रासस