दोलखामा पहिरोले पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

दोलखामा पहिरोले पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

चरीकोटः दोलखाको लामाबगर गाविस ४ छ्योतछ्योतमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन् ।  बुधबार साँझमा घरमा सबैजना बसेर खाना खाईवरी सुतेका छ्योतछेतका स्थानीयलाई राती १० बजेतिर पहिरोले पुरेको हो ।

पहिरोले घर बगाउन थालेपछि होहल्ला गर्दै चिच्याहट मच्चियो । केहि भागेर बाच्न सफल भए भने सात जना पहिरो बाट भाग्न सकेनन ।  पहिरोले ४ घर पुरिएरको र घर पुरिदा दुईको मृत्यु र ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

घटनास्थल पुगेर फर्केका जिल्लाका प्रहरी प्रमुख कार्कीका अनुसार माथिल्लो क्षेत्रबाट झरेको पहिरोले स्थानियका घर बगाएर तामाकोशी नदीमा मिसाइदिएको छ ।

पहिरोले स्थानीय बिक्रम तमाङ, उनका बाबु मंगले तमाङ र अर्का स्थानीय मिनबहादुर ठकुरीको २ ओटा घर बगाएको बताए । मृत्यु हुनेमा मंगलेका छोरा बिक्रमको घरमा सुतेका बिक्रमका भाइ २१ बर्षीय गदुले तमाङ र छिमेकी पतमाया तमाङ पहिरोमा पुरिएर मृत अवस्था फेला परेका छन् ।

घरमै रहेका बिक्रमकी श्रीमती लालमाई र छोरी लक्ष्मीले भागेर ज्यान जोगाएका छन् । यस्तै मंगलेको घरमा सुतेका ४५ बर्षीया मंगलेसहित उनकी श्रीमती ४० बर्षीया पातमाया तमाङ, मंगलेकी छोरी तिर्सी तमाङ, तिर्सीकी दुई बर्षीया छोरा क्षेसाङ तमाङ मंगलेकी ७० बर्षिया सासु सतमाई तमाङ बेपत्ता भएका छन् । घटनास्थल सदरमुकाम चरिकोटबाट ६१ किलोमिटरको दुरीमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.